
झापाबाट बरामद तस्करीका कपडा र चिनी इटहरी राजस्व कार्यालयलाइ जिम्मा लगाइयाे
- भाद्र २०, २०७९ मा प्रकाशित
झापा । झापाको दमक नगरपालिका–८ बाट अवैध कपडा सहित दुई वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी नायव उपरीक्षकसहितको प्रहरी टोलीले दमकको पशुहाट डाँडास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश १–०१–००१ ज ३४३८ नम्वर र मे १ ज २८०४ नम्वरको पिकअप गाडीमा अवैधरुपमा बोकेको बिभिन्न प्रकारका कपडाहरु बरामद गरेको हो ।
बरामद गरिएको करिव २२ लाख ६ हजार मूल्य बरावरको अवैध कपडासहित दुई वटा पिकप गाडी र दुवै सवारी चालक समेतलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको र अन्य थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
त्यसैगरी बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले झापाको बाह्रदशी गाउँपालिका–३ राजगढ बजारको पशुहाट स्थित खाली सार्वजनिक स्थानमा भन्सार छली अवैधरुपमा चोरी पैठारी गरी भारतबाट नेपालमा ल्याई राखेको दुई हजार किलोग्राम (४० बोरा) चिनी बरामद गरेको छ ।
बरामद गरेको उक्त चिनी आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाएको र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments