
झापाको रतुवा खोलामा बाढिकाे ताण्डव : एक दर्जन बढी घरहरू डुबानमा
- असार ६, २०७९ मा प्रकाशित
झापा । झापाको रतुवा खोलामा आएको बाढी बस्तीमा पस्दा एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढी आइतबार राति करिब ९:४५ बजे दमक नगरपालिका–७ रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको वस्तिमा पसेको थियो ।
बाढी पसेर सो स्थान बस्ने विष्णु लिम्बु, सुवास लिम्बु, रामकुमारी लावती, गोमा तामाङ लगायत १३ जनाको घरमा क्षति पुगेको प्रहरीको भनाइ छ । उनीहरूलाई नेपाल प्रहरी र स्थानीय मानिसहरूको सहयोगमा उद्धार गरी सुरक्षित स्थान (आफन्तहरूको घर) तर्फ सारिएको थियो ।
मंगलबार बिहान रतुवा खोलामै आएको बाढीको कारण गौरादह न.पा.वडा नं.६ स्थित टंगुवा बस्तीमा पानी पसेर करिब २५ घर डुबानमा परेको छ । डुबानमा परेको खबर प्राप्त हुना साथ प्रहरी टोली पुग्दा बस्तीमा २ फिट पानी पसेको र अन्य क्षति नभएको पाइएको थियो । सूचना अधिकारी वसन्त पाठकका अनुसार पानी घट्ने क्रममा रहेकोले सो स्थानका मानिस त्यहीँ नै बसेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments