•  ९ चैत्र २०८१
  •  11:50:07 AM

झापाका हर्कराज राई प्रतिनिधि सभाको सचिवमा नियुक्त

- पुष १६, २०८१ मा प्रकाशित



इटहरी । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको सचिवमा हर्कराज राईलाई नियुक्त गरेका छन् । सभामुखको सिफारिसमा राष्ट्रपति पौडेले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राईलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

सभामुख देवराज घिमिरेले आइतबार राईलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति पौडेलसँग सिफारिस गरेका थिए । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । झापाको शिवसताक्षी–२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

Comments

सम्बन्धित खवर