
झापाका व्यवसायी मैनाली एक महिनादेखि वेपत्ता
- फाल्गुन १४, २०७९ मा प्रकाशित
झापा । झापाको अर्जुनधाराका एक व्यवसायी एक महिनादेखि बेपत्ता भएका छन् । बिर्तामोड–५ स्थित शनिश्चरे रोडको गरुवा स्टेण्ड नजिकै मोबाइल फोनको पाट्र्सको होलसेल र झापाकै गोलधापमा निर्जला एग्रो भेट्स कृषि फर्म सञ्चालन गर्दै आएका अर्जुनधारा–६ का ३८ वर्षीय टीकाप्रसाद मैनाली एक महिनादेखि बेपत्ता भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
‘गत माघ १५ गतेदेखि श्रीमान् बेपत्ता हुनुभयो । सबैतिर खोजतलाज गरिसक्यौ कतै अत्तोपत्तो छैन’ – मैनालीकी श्रीमती बालकुमारी मैनालीले भनिन् । परिवारका सदस्यलाई जानकारी नै नदिई माघ १५ गते दिउँसो १२ः३० बजेबाट मोबाइल पसलबाट निस्किएका मैनाली घर नफर्किएपछि उनको खोजी शुरु भएको थियो । उनले राति ८ः३० मा वार्टसएप मार्फत छोरालाई सम्पर्क गरेर आफू बजारतिर रहेको र घर आउने बताएको भए पनि उनी नफर्किएको मैनालीकी श्रीमती बालकुमारीले बताइन् ।
श्रीमान नफर्किएपछि इलाका प्रहरी कार्यालय अनारमनीमा हुलियासहित जाहेरी दिनुका साथै सबै आफन्तमा खोजतलास गरिसकेको उनको भनाइ छ । शनिबार पूर्वाञ्चल दैनिकको कार्यालयमा आएकी मैनालीले आफ्नो श्रीमान खोजी गरिदिन सबैसँग आग्रह गरेकी छन् । मैनालीले बोक्ने ९८४२६४७८९२ नम्बरको मोबाइल फोन अफ रहेको बताइएको छ । उनले सोही दिन कालो ज्याकेट, निलो पाइन्ट र टोपी लगाएको तथा कालो ब्याग भिरेको उनका दाजु राजेन्द्रप्रसाद मैनालीले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments