
झापाका व्यवसायिहरूकाे गुनासाे : बैंकले अनावस्यक धम्कि दिन्छ
- असार १८, २०७९ मा प्रकाशित
झापा । बैक तथा वित्तीय संस्थाका कारण व्यवसायीहरु मारमा परेका भन्दै व्यवसायीको पक्षमा सहज र नरम बन्न बिर्तामोड उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।कोरोना संक्रमणका कारण व्यवसाय धरासायी बनिरहेको साथै रुस र युक्रेनको युद्धपछि आर्थिक संकटको शुरुवात भएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघले यस्तो असहज परिस्थितमा बैंकले व्यवसायीलाई कर्जा उठाउन ताकेता नदिन आग्रह गरेको छ ।
असारमसान्तका नाममा विभिन्न व्यवसायीलाई वित्तीय क्षेत्र विशेष गरेर क र ख वर्गका बैंकले महिना दिन अगावै व्याज र किस्ताको ताकेता गरेकोप्रति बिर्तामोड उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको शुक्रवार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष प्रकाश शिवाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– बैंकले अव्यवहारिक हिसाबले ताकेता गरिरहेको र व्याज र किस्ता नबुझाए लिलामीमा राख्ने, व्ल्याकलिष्ट गर्ने, धम्की दिनु दुःखद् भएको जनाएको छ ।
व्यापार सञ्चालनमा आर्थिक तरलताका कारण कठिनाई उत्पन्न भइरहेको अवस्थामा वित्तीय संस्थाले व्यवसायीलाई धरासायी बनाउने रणनीति लिनु जायज नभएको वाणिज्य संघले विज्ञप्तिमार्फत जनाएको छ ।
वित्तीय संस्थालाई सहज र व्यवहारिक तवरले व्यवसायीको समस्यालाई आत्मसात गर्दै स्थिति सहज बनाउन आग्रह गरेको छ । बिर्तामोड नगर क्षेत्रमा भएका बैंक तथा वित्तीय संस्थालाई तरलता अभावले बक्यौता नउठ्ने भएकाले केही समय धैर्य गरिदिन आग्रह समेत गरेको छ ।
वाणिज्य संघले आग्रह गर्दागर्दै पनि डर र धम्की देखाएर व्यवसायीलाई हतोत्साहित बनाउने भएमा आम व्यवसायी आन्दोलनमा उत्रिन सक्ने चेतावनी समेत दिएको छ । वाणिज्य संघले सरकारले बजेटमार्फत ल्याएको कम्प्युटर वा अनलाइन बिलिङप्रति पनि आपत्ति जनाएको छ ।
आर्थिक बर्ष २०७६।०७७ वा ०७७।०७८ मा बार्षिक १० करोड करोबार गर्न कुनै पनि प्रकृतिको व्यवसायले कम्प्युटर विलिङ गर्नुपर्ने कानूनी प्रावधान अव्यवहारिक र असान्दर्भिक भएको जनाएको छ । वाणिज्य संघले व्यवसायीको सिलिङ १० करोडबाट बढाएर ३५ करोड पु¥याउन आग्रहसमेत गरेको छ ।
बैंक तथा वित्तीय संस्थाका कारण बिर्तामोडका धेरै व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको भन्दै वाणिज्य संघका प्रवक्ता सञ्जीव घिमिरेले आपत्ति जनाएका छन् । उनले कोरोना कहर अघि नियमित रुपमा व्याजदर तथा किस्ता तिरिरहेकोमा कोरोना कहरपछि केही समयपछि बैंक तथा वित्तीय संस्थालाई पटक–पटक आग्रह गरे पनि लिलामी नाम निकाल्नु दुःखद् भएको बताए । उनले बैक तथा वित्तीय संस्थालाई वाणिज्य संघकोतर्फबाट आग्रह गरिएको र तरलता सहज नभएसम्म वित्तीय क्षेत्रले समेत व्यवसायीको मागलाई सम्बोधन गर्नुपर्ने बताए ।
उनले धेरै व्यवसायीहरु प्रताडित भएको भन्दै यस्तो अवस्था सृजना हुनु दुःखद् भएको बताए । बैंक आफंै आर्थिक तरलतामा रहेको र देशनै आर्थिक संकटमा फस्ने अर्थविद्हरुको चेतावनी आइरहेको बेला व्यवसायीलाई हतोत्साहित बनाउने काम गर्नु दुःखद् भएको प्रवक्ता घिमिरेको भनाइ छ । उनले बिर्तामोडका बैंक तथा वित्तीय संस्थाले व्यवसायीहरुलाई दुःख दिने काम गरे त्यसबिरुद्ध व्यवसायीहरु आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments