
जेलरविरुद्ध मोरङ कारागारका कैदीबन्दीको आन्दोलन जारी
- जेष्ठ ५, २०८० मा प्रकाशित

उर्लावारी । मोरङ कारागारका कैदीबन्दीले जेलरविरुद्धको आन्दोलनलाई निरन्तरता दिएका छन् । उनीहरूले जेलर धुब्रप्रसाद कोइरालाको सरुवा हुनुपर्ने माग राख्दै आन्दोलित भएका हुन् । उनीहरू चार दिनदेखि निरन्तर आन्दोलन गरिरहेका छन् । टाउकोमा कालो पट्टीबाँधेर जेलरविरुद्ध विभिन्न नारा लेदिखएका प्लेकार्ड उनीहरूले बोकेका छन् ।
जेलर कोइरालाले अनावश्यक दुःख दिने गरेको र रकम माग्ने गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।विरामी भएर उपचारमा जान खोज्दा समेत कोइरालाले रकम माग्ने, नदिएमा उपचारका लागि जान नदिने गरेका कारण आन्दोलन गर्न बाध्य हुनुपरेको कैदीबन्दीले बताएका छन् ।
उनीहरूले ‘घुसखोर, भ्रष्ट्राचारी, कमिसनखोर जेलर चाहिँदैन’, ‘मोरङ कारागारबाट भ्रष्ट्राचारी जेलरको तत्काल सरुवा गर’, ‘कारागारभित्र आउने र कारागारबाट जाने उपभोग्य बस्तुमा जेलरले कमिसन माग्न पाइँदैन’, ‘उपचार गर्न जाँदा रकम माग्न पाईँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
तीन दिनदेखि पुरुष कैदीबन्दिहरूले आन्दोलन गर्दै आएक भएपनि आजबाट भने महिला कैदीबन्दीहरू पनि आन्दोलित भएका छन् । मोरङ कारागारका जेलर कोइरालाको सरुवा नभएसम्म आन्दोलन जारी राख्ने बन्दी नविन सुवेदीले बताए ।
जेलर कोइराला मोरङ कारागार आए देखी कैदीबन्दीहरूलाई विभिन्न वहानामा रकम अशुल्ने गरेका कारण बाध्य भएर आन्दोलन गर्नु परेको सुवेदिले बताए । मोरङ कारागारका जेलर कोइराला यो विषयमा खुलेर बोल्न चाहाँदैनन् । उनले यो सबै आरोप मात्रै भएको बताउँछन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments