
जिसस सप्तरी निर्वाचन : ५० हजारमा मत किनेको दाबी, विश्वास दिलाउन मन्दिरमा कसम
- असार १२, २०७९ मा प्रकाशित
सप्तरी । जिल्ला समन्वय समिति सप्तरीको निर्वाचनमा मत किनबेच भएको खुलेको छ । आज (आइतवार) भइरहेको निर्वाचनमा एक मत बराबर ५० हजार रुपैयाँमा किनबेच भएको प्रत्यक्षदर्शीहरूको दाबी छ ।
मतदातामाथि अविश्वास लागेर उम्मेदवारले सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा लगेर सपथ समेत खुवाएको श्रोतको दाबी छ । आज बिहानै मतदाताहरू एकसाथ लाम्बद्ध भएर मन्दिरमा सपथ खाएको प्रत्यक्षदर्शीहरूले बताए ।
जिल्ला समवन्य समिति सप्तरीको प्रमुखका तीन जना र उपप्रमुखमा दुई जनाले मनोनयन दर्ता गराएका थिए ।जनता समाजवादी पार्टीबाट छेदी अरगरिया यादव, नेपाली कांग्रेससबाट शिवनारायण साह र गुञ्जेश्वरप्रसाद सन्तले प्रमुख पदमा मनोनयन दर्ता गराएका थिए ।
नेपाली कांग्रेसले शिवनारायणलाई आधिकारिक उम्मेदवार मानेपछि गुञ्जेश्वरप्रसाद सन्तले उम्मेदवारी फिर्ता लिएका थिए । अहिले प्रमुख पदका लागि दुई जनाबीच प्रतिस्पर्धा हुँदैछ ।
उपप्रमुखमा नेकपा एमालेबाट देवकान्त चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट शम्भुकुमार यादवले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जनकारी दिएको छ ।
यसैगरी, खुला सदस्य तीन पदका लागि सात जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये जनता समाजवादी पार्टीबाट अवधेश मुखिया, माओवादी केन्द्रबाट गुल्टेन यादव, नेपाली कांग्रेसबाट जागेश्वर यादव, एमालेबाट जानुद्दिनमियाँ चुरौटे, रवीन्द्रनाथ चौधरी, जनमतबाट बुद्धिलाल चौधरी र लोकतान्त्रिक समाजवादीबाट सत्यनारायण मण्डलले उम्मेदवारी दर्ता गराएका थिए ।
महिलातर्फ तीन पदको लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट आशाकुमारी तामाङ, आशादेवी झा, जनमतबाट धनवतिदेवी सरदार, कांग्रेसबाट रन्जिताकुमारी चौधरी, नेकपा एमालेबाट बैजानाथ देवी थरुनी र एकीकृत समाजवादीबाट सविताकुमारी साहले उम्मेदवारी दर्ता गराएका छन् ।
दलित अल्पसंख्यकतर्फ एक पदका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । जसपाबाट वलदेव सरदार र एकीकृत समाजवादीबाट बौरही भगतले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिए ।
नौ पदका लागि १९ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला समवन्य समिति सप्तरीको निर्वाचनमा ३६ जना मतादाता रहेका छन् । जसमा कांग्रेस १२, जसपा आठ, लोसपा पाँच, एमाले चार, जनमत दुई, माओवादी दुई र नेकपा एस दुई जना छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments