
जिल्ला प्रशासन कार्यालय झापाको अनुराेध : अनिवार्य माक्स लगाइदिनुस
- श्रावण ३, २०७९ मा प्रकाशित
बिर्तामोड । कोरोनाको संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय झापाले माक्स लगाएर मात्र हिँड्न आग्रह गरेको छ ।जिल्ला प्रशासन कार्यालय झापामा सोमबार भएको डीसीएमसीको बैठकले काम नपरी भीडभाडमा नजान, संक्रमणको शंका भएमा नजिककैको स्वास्थ्य संस्थामा संक्रमण परीक्षण गर्न आग्रह समेत गरेको छ ।जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा जिल्लाका सबै स्थानीय तहमा कोभिड १९ विरुद्धको बुष्टर खोप लगाउन सबैलाई अनुरोध गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले कोभिड १९ को संक्रमणको वर्तमान अवस्थाको विश्लेषण गरी जिल्लामा आवश्यक पर्ने औषधी, मास्क, परीक्षण गर्ने किट, भीटीएस लगायतका अन्य सामग्रीको मौज्जाद व्यवस्थापन गर्ने, गराउन अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।दुवागढीस्थित निर्माण अन्तिम चरणमा पुगेको होल्डिङ सेन्टरमा कम्तीमा एक सय बेड नेपाली सेनाले तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।
काँकरभिट्टास्थित प्रदेश नाकामा मेचीनगर नगरपालिका इडीसीडी, आइओएम र नेपाल रेडक्रस सोसाइटी झापा शाखाले आपसमा समन्वय गरी कोभिड १९ को परीक्षणलाई प्रभावकारी बनाउने र जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी लगायत गैर सरकारी संस्थाहरुले कोभिड १९ को संक्रमण विरुद्ध सचेतना अभिवृद्धि गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी रिजालको अध्यक्षतामा भएको बैंठकमा सुरक्षा निकायमा प्रमुखहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments