
जातीय भेदभावविरुद्ध नेकपा एस निर्मम भएर उभिन्छः केशवकुमार बिष्ट
- बैशाख २७, २०७९ मा प्रकाशित
इटहरीः लोकतान्त्रीक बाम गठबन्धनबाट इटहरी उपमहानगरको उपमेयरका उम्मेदवार केशव कुमार विष्टले जातिय विभेद विरुद्ध नेकपा एस निर्मम ढंगले उभिने बताएका छन् ।
इटहरी ५ मा मंगलबार दलित मुक्ती सङठनको अगुवाइमा भएको उम्मेदवार भेटघाट कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता केशव कुमार विष्टले कार्यकर्ताले जातिय विभेद गरे पार्टीबाट तुरुन्तै कारवाही गर्ने बताएका हुन् ।
इटहरी उपमहानगरपालिका भित्र रहेका दलित बर्गको समस्यामा केन्द्रीत भएर दलित नेताहरुले लोकतान्त्रिक गठबन्धनका नेताहरुसंग प्रतिबद्धता माग गरेका थिए ।
इटहरी ५ बाट उठेका उम्मेदवारहरुमा वडाअध्यक्ष जीवन न्यौपाने, पार्टी नेत्री बिमला ढकाल शिबाकोटी,नरनाथ सापकोटा ,दलित महिला सस्दस्य तारा शंकर , सीता परियार,यादब परियार ,हरी गजमेर,नारायण सिन्चुरी लगायतले चुनाबमा भोट दिदा रुख र कलम चिन्हमा नछुटाउन दलितहरु सचेत रहेको बताएका थिए । ५ न वडाको जनता बस्तीका अधिकांश दलित समुदायले लोकतान्त्रीक गठबन्धनलाई जिताउने तयारी अभियानमा रहेको पार्टी नेता कृष्ण नेपालले बताए ।
नेकपा एसका पार्टी नेता कृष्ण शर्मा,सुस्मिता तिम्सिना लगायतको सहभागितामा भएको कार्यक्रम नेकपा एस सुनसरीको दलित फाँट इन्चार्ज पिवि दियालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments