
जम्मू–कश्मीरमा आतंकवादी आक्रमण : एक नेपालीसहित २८ को मृत्यु
- बैशाख १०, २०८२ मा प्रकाशित

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू–कश्मीरको पाहलगाममा भएको आतंकवादी आक्रमणका कारण साउदी अरबको भ्रमण छोट्याएर मंगलबार राति नै भारत फर्कने निर्णय गरेका छन् ।
यो आक्रमण २२ अप्रिल २०२५ मा बैसरानमा भएको हो, जहाँ आतंककारीले पर्यटक, स्थानीय र व्यवसायमा संलग्न व्यक्तिमाथि गोली चलाए । घटनामा २८ जनाको मृत्यु भएको छ, जसमा २२ भारतीय पर्यटक, दुई स्थानीय, एक नेपाली र एक युएई नागरिक छन् । ३६ जना घाइते छन् । सामाजिक सञ्जालमा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको उल्लेख छ, तर आधिकारिक पुष्टि बाँकी छ ।
आक्रमणको जिम्मेवारी पाकिस्तानस्थित लश्कर–ए–तैयबाको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ । मोदीले घटनाको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले दोषीलाई कारबाही र आतंकवादविरुद्ध कडा कदम चाल्ने बताए । गृहमन्त्री अमित शाहले श्रीनगर पुगेर सुरक्षा अवस्थाको मूल्याङ्कन गरिरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणप्रति दुःख व्यक्त गर्दै भारतलाई समर्थन जनाएका छन् । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकार सम्मेलनमा भनिन्, ‘पाहलगामको पर्यटकीय स्थलमा भएको आक्रमणबारे राष्ट्रपति ट्रम्पलाई जानकारी दिइएको छ । दर्जनौंको मृत्यु र धेरै घाइते भएको प्रारम्भिक जानकारी छ । ट्रम्प चाँडै मोदीसँग कुरा गरी भारतलाई अमेरिकाको पूर्ण समर्थन व्यक्त गर्नेछन् ।’
ट्रम्पले ट्रुथ सोशलमा लेखे, ‘कश्मीरको पीडादायी समाचारले दुःखी बनाएको छ । अमेरिका आतंकवादविरुद्ध भारतसँग दृढतापूर्वक उभिनेछ । मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गर्छौं ।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments