
जब दुलहाले मण्डपबाट दुलही लैजान इन्कार गरे……..
- बैशाख २४, २०७९ मा प्रकाशित
इटहरीः झापाको मेचीनगर नगरपालिका १५, ज्यामिरगढीबाट दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाह मण्डपबाट दुलही लैजान अस्वीकार गर्ने दुलहालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा गाउँपालिका, टाघनडुब्बा घर भएका दुलहा डेबिड गनगाई रहेको इलाका प्रहरी कार्यालय धुलाबारीका निरीक्षक अनिल मावोहाङले जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगारीका लागि मलेसिया गएका गन्गाईले सामाजिक सञ्जाल फेसबुकमार्फत् ज्यामिरगढीकी युवतिसँग प्रेम सम्बन्ध बनाएका थिए । महिना दिनअघि विदेशबाट फर्किएपछि उनी युवतीको हात माग्न आएका थिए । दुवै परिवारको सरसल्लाहमै विवाहको निधो भएको थियो ।
सामान अपुग भएको भन्दै मोटरसाइकल पनि मागेपछि परिवारले दिन सकेन । अन्ततः उनले दुलही छाडेर जान खोज्दा गाउँलेले पक्राउ गरेर प्रहरीको जिम्मा लगाए । मध्यम आर्थिक हैसियत भएको यो परिवारले छोरीको बिहेका लागि साहुसँग महँगो ब्याजमा ऋण काढेको थियो । दुई छोरीको बिहे एकैसाथ गर्दा २० लाख रुपैयाँभन्दा बढी खर्च भएको परिवारको भनाइ छ । जेठी छोरीका दुलहाले सहजै दुलही लिएर गएको तर माहिली छोरीका दुलहा डेबिडले भने दुलही लैजान इन्कार गरेका हुन् ।
दुलहीका परिवारले जाहेरी दिए दाइजो ऐनअन्तर्गत मुद्दा दायर गर्न सकिने प्रहरी निरीक्षक मावोहाङले जानकारी दिए । बयानका क्रममा आरोपीले दाइजो नमागेको दाबी गरेका प्रहरीले जनाएको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १७४ को उपदफा १ मा सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चल÷अचल सम्पत्ति, दाइजो माग गर्न र लेनदेनको सर्त राखी विवाह गर्न नहुने व्यवस्था छ । ‘दाइजो मागेमा या लेनदेनको सर्त राखेमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना या दुवै सजाय हुने प्रहरीको भनाइ छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments