•  ९ चैत्र २०८१
  •  10:53:30 AM

जब चीन र ताइवानका जहाज एक्कासी आमनेसामने भए

- श्रावण २२, २०७९ मा प्रकाशित



एजेन्सी । ताइवान खाडीमा चीन र ताइवानी जलसेनाका विमान आमने सामने भएर बसेका छन्।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार करिब १० चिनियाँ र ताइवानी जलसेनाका जहाज ताइवानको खाडीस्थित मध्यरेखामा आइतबार बिहान नजिकै देखिएका छन्। चीनले ताइवानलाई घेरेर अहिले सैन्य अभ्यास गरिरहेको छ। ताइवानले भने चीनको सैन्य अभ्यासको निरीक्षणको लागि पनि आफ्ना जहाज खटाएको छ।

दुवै पक्ष अहिलेसम्म भने शान्त देखिएको समाचारमा उल्लेख छ।अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेसँगै त्यसको विरोधमा चीनले ताइवानलाई घेरेर सैन्य अभ्यास सुरु गरेको हो। 

Comments

सम्बन्धित खवर