
जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि कार्यालयभित्रै मोसो : बिप्लव निकट बिद्यार्थी संगठन भन्छ – अती भएपछि सबक सिकाउन सानाे प्रयास
- असार १७, २०७९ मा प्रकाशित
काठमाडाै । नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना हुन लाग्दा देशभरका सरकारी विद्यालयमा पाठ्यपुस्तक अभाव छ। युक्रेन-रसिया युद्ध र स्थानीय निर्वाचनको मतपत्र छपाइका कारण पुस्तक समयमा दिन नसकेको बताइरहेका बेला जनकशिक्षा सामाग्री केन्द्रका प्रवन्ध निर्देशकमाथि दुर्व्यवहार भएको छ।
पाठ्यपुस्तकको कृत्रिम अभाव गराइ विद्यार्थीको भविष्यमाथि खेलवाड, भ्रष्टचार र कमिसन लेनदेन आरोपमा नेत्रविक्रम चन्द विप्लवनिकट अखिल क्रान्तिकारीले जनक शिक्षाकाप्रबन्ध निर्देशक अनिल कुमार झालाई मोसो दलेका हुन्।
अखिल (क्रान्तिकारी) केही नेताहरुसहितको टोलीले झालाई शुक्रबार भक्तपुरस्थित कार्यालयमै पुगेर मोसो दलेर दुर्व्यहार गरेका हुन्।झामाथि क्रान्तिकारीले जनक शिक्षा सामाग्रीमा करोडौं रकम भ्रष्टाचार गरेर ससुराली भारतमा अकुत सम्पत्ति थुपारेको आरोप लगाएको छ।
‘हाम्रो संगठनले झालाई पटक पटक छिटोभन्दा छिटो पाठ्यपुस्तक प्रकाशन गर्न आग्रह गर्दै आएको थियो’, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य एवम् त्रिभुवन विश्वविद्यालय इन्चार्ज अनिल केसीले भने, ‘सरकारको निर्देशनलाई पनि बेवास्ता गर्दै आएकाले कारवाही गर्न बाध्य भएका हौँ।’क्रान्तिकारीले उनीमाथि शिक्षा मन्त्री र संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्देशनलाई समेत बेवास्ता गरेको आरोप लगाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments