
जनकपुरका अस्पतालमा डायलाइसिसका विरामीको चाप उच्च, तर सेवा सुस्त
- चैत्र १३, २०७८ मा प्रकाशित
जनकपुरधाम: सरकारले पित्तथैलीमा समस्या भएका विरामीलाई निः शुल्क रूपमा डायलाइसिस गर्ने सेवा प्रभावकारी हुन सकेको छैन । डायलाइसिस गराउने विरामीको संख्या उच्च रहेकाले सोअनुसारको मेसिन र जनशक्तिको व्यवस्थापन हुन सक्दा उक्त सेवा अझै प्रभावकारी हुन सकिरहेको छैन ।
दुवै किड्नी खराब भएका महोत्तरीका बसिर कवाडीले डायलाइसिसका लागि महिनौ कुरेपछि मात्रै जनकपुरधामस्थित प्रदेशिक अस्पतालमा डायलाइसिसका लागि पालो पाएको बताए । निःशुल्क रूपमा डायलाइसिस गराउन पालो कुर्दाकुर्दा लाखौ रुपैयाँ खर्च भएको बताउँदै उनले भने, ‘सुरुमा अस्पतालले बेड नै खाली नरहेको भन्दै भर्ना गर्न इन्कार गरे । त्यसपछि इमरजेन्सीमा चार हजार रुपैयाँ तिरे कति महिनासम्म डायलाइसिस गराउनुपर्याे । अहिले सप्ताहमा दुई दिन डायलाइसिस गराउदाँ आउदाँ यातायातमै हजारौ रुपैयाँ खर्च हुन्छ ।’
प्रदेशिक अस्पताल जनकपुर र जानकी हेल्थ केयर एन्ड शिक्षण अस्पतालले उक्त सेवा दिँदै आएको छ । जनकपुरधामा धनुषा, महोत्तरी, सर्लाही,सिरहा, सप्तरी, सिन्धुली, रौतहटसम्मको विरामी डायलाइसिसका लागि आउने गरेको कर्मचारीहरू बताउँछन् ।
प्रादेशिक अस्पतालमा २०६१ सालदेखि डायलाइसिस सेवा सुरु भएको हाे भने जानकी हेल्थ केयरमा २०७४ सालदेखि । अहिलेसम्म प्रादेश अस्पतालमा ५१४ जना विरामी दर्ता भएका छन् । जसमध्ये ४५ जनाले नियमित सेवा लिँदै आएका छन् । दैनिक १५ जनाको डायलाइसिस गर्दै आएको प्रादेशिक अस्पतालमा अहिले पनि एक सय विरामी उपचारका लागि प्रतीक्षामा छन् ।
जानकी हेल्थ केयरमा पनि नियमित ४५ जना विरामीले डायलाइसिसका सेवा लिने गरेका छन् भने करिब २० जना उपचारका लागि पालाे कुरेर बसेका छन् । केयरले दैनिक १५ जना विरामीलाई बिहान ७ देखि राति ९ बजेसम्म सेवा दिँदै आएको छ ।
प्रादेशिक अस्पतालमा एक वर्षअघि १० वटा मेसिन थियो, अहिले पाँचवटा मेसिन मात्रै छ । डायलाइसिस विभागमा इन्चार्ज रानी झाले भनिन्, ‘तर गत मंसिरदेखि ती मेसिनहरू बिग्रेकाले अहिले प्रदेश सरकारले दिएको पाँचवटा मेसिनमा नियमित सेवा दिँदै आएको छ । विरामीको चाप उच्च छ, तर सीमित साधन स्राेत भएकाले सबैलाई सेवा दिन सक्ने अवस्था छैन । सरकारले १२ घन्टा सेवा दिन गाइडलाइन दिएको छ । तर आफूहरू १४-१५ घन्टासम्म सेवा दिइरहँदा पनि सकिने अवस्था छैन । एउटा विरामीलाई डायलाईइसिस गर्न कम्तिमा चार घन्टा लाग्छ । पाँचवटा मेसिनमा तीन सिप्ट काम गर्दा पनि विरामीकाे चाप उच्च छ ।’
डायलाइसिसको समस्या जनकपुरको मात्र नभई नेपाल रहेको बताउँदै जानकी हेल्थ केयर तथा प्रशिक्षण अस्पतालका डायलाइसिस विभाग प्रमुख डा.रमण मिश्रले भने, ‘सेवा र विरामीको संख्यामा तालमेल छैन । सेवा दिने क्षमता कम छ, तर विरामीको संख्या उच्च छ । यस्तोमा सबैलाई सेवा उपलब्ध गराउन सकिन्नँ ।’
कोभिड-१९ पश्चात मधेस प्रदेश सरकारले स्वास्थ्यमा ठूलो सुधार भएको दाबी गर्दै आए पनि डायलाईसिसका विरामीको सेवामा खासै सुधार देखिएको छैन । अहिले मधेस प्रदेशका प्रादेशिक अस्पताल जनकपुर, वीरगन्जको नारायणी क्षेत्रीय अस्पताल र सिरहाको सिरहा जिल्ला अस्पतालले मात्रै डायलाइसिसको सेवा दिँदै आएको छ ।
मधेस प्रदेश सरकारअघि जनकपुर र वीरगन्जमा मात्रै उक्त सेवा उपलब्ध थियो । मधेस प्रदेश सरकारले थप केही महिनादेखि सिरहा अस्पतालमा उक्त सेवा दिन सुरु गरेको छ । मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजय झाले भने, ‘मधेस प्रदेश सरकार आएदेखि नै डायलाइसिसमा धेरै सुधार भएको छ, पहिला यो प्रदेशका यो सेवा निकै कमजोर थियो । तर अहिले धेरै सुधार छ । प्रदेश सरकारले प्रादेशिक अस्पताल, सिरहा अस्पतालहरूको मेसिन खरिद गरेर दिएको छ । त्यसबाहेक अन्य अस्पतालका लागि पनि सामान खरिद भइसकेको र वितरणको काम निकट भविष्यमा नै हुन्छ ।’
मेसिन दिएर मात्रै हुँदैन,’ उनले भने, ‘त्यसलाई चलाउने जनशक्तिको पनि आवश्यकता छ, जुन तत्काल हामीसँग छैन, हामी त्यस्ता कर्मचारीलाई प्रशिक्षण दिँदै छौ ।’ -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments