
जथाभावी फालिएका चुरोटका ठुटा उठाउन कागलाई तालिम
- फाल्गुन ८, २०७८ मा प्रकाशित
स्टकहोम: मानव जातिले अत्यधिक फोहर सृजना गरेको छ, जसका कारण सम्पूर्ण ग्रहलाई एउटा समस्या बनेको छ । निश्चिय नै फोहर पन्छाउने अनगिन्ति विधि छन् । फोहरको प्रकृतिअनुसार पुनः नविकरण, पुनःप्रयोग र अन्य विधिबाट यसको व्यवस्थापन गरिन्छ ।
फोहर व्यवस्थापनकै कुरा गर्दा हामीले फोहरलाई डस्टबिनामा फाल्ने जस्तो आधारभूत कुरामा प्रर्याप्त ध्यान दिँदैनौै । सार्वजनिक स्वास्थ बिग्रनु, ढल थुनिनु र अन्य समस्या उत्पन्न हुनुको प्रमुख कारण फोहरलाई सार्वजनिक स्थानमा जलाउने अभ्यास पनि हो ।
डस्टबिनमा फोहर जाओस भनेर सुनिश्चिता गर्न विश्वभरका सहरहरुले विभिन्न तरिकाहरु अप्नाएका छन् । तर, आफ्नो क्षेत्राधिकार भित्र उत्पन्न सम्पूर्ण फोहरलाई पूर्ण रुपमा संग्रह गरेको कुनै पनि सहरले दाबी गर्न सक्दैनन् ।
जथाभावी फालिएका फोहर उठाउने प्रयासस्वरुप सडकमा फालिएका चुरोटका ठुटा उठाएर थुप्र्याउन स्वीडेनमा एउटा कम्पनीले कागलाई तालिम दिइरहेको छ ।
कोरभिड क्लिनिङले सार्वजनिक गरेको एउटा भिडियोमा कागले ठुटा उठाएर डस्टविनमा फालेको देख्न सकिन्छ । अझै बढी फोहर उठाउनका लागि उत्प्रेरित गर्न पुरस्कारस्वरुप कागलाई बदाम वितरण गरिएको छ । तर, कागले ठुटाहरुको सट्टा पातलगायत अन्य चिज डस्टबिनमा राखे के हुन्छ ? यस्तो अवस्थामा उनीहरुलाई बदाम दिइन्न ।
‘ढुंगा र पातहरु जस्ता विषयबाहेकका फोहर राख्न डस्टबिनले सुझाव दिनेछ । फोहर उठाउने कार्यमा काग उनीहरुको इच्छा बमोजिम धेरैभन्दा धेरै वा थोरै समय सहभागी हुन सक्नेछन् । र, मानिसहरुको संलग्नता भनेको डस्टबिनलाई रित्याउनु र खानेकुरा फेरि भर्नु हो,’ कोरभिड क्लिनिङले आफ्नो वेबसाईटमा भनेको छ । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments