
जंगल जाँदा १४ वर्षीया बालिका बलात्कृत, गर्भ रहेपछि बाहिरियो घटना
- असार ९, २०७९ मा प्रकाशित
इटहरी ।मोरङको मिक्लाजुङ गाउँपालिकामा बंगुरको चारो खोज्न जंगल गएकी १४ वर्षीया बालिका बलात्कार भएको घटना सार्वजनिक भएको छ। ती बालिकाको गर्भ बसेपछि घटना सार्वजनिक भएको हो।
घटना बाहिरिएसँगै प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। बलात्कार आरोप लागेका मिक्लाजुङ गाउँपालिका–४ का ४४ वर्षीय छविराज चाम्लिङ राई भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार चार महिनाअघि बालिकालाई राईले बलात्कार गरेको खुलेको छ। बंगुरलाई चारो खोज्न बालिका जंगल पुगेका बेला राईले नियन्त्रणमा लिएर २०७८ माघ २६ गते बलात्कार गरेको खुलेको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना बाहिर ल्याएमा र कसैलाई सुनाएमा मारिदिनेसम्मको धम्की दिएको बालिकाले परिवारलाई बताएकी छन्। बालिकाका बुबाले आरोपित राईविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइसकेका छन्। बालिकाको पेटमा रहेको गर्भ राईको हो कि होइन भनेर थप यकिन गर्न प्रहरीले डीएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ।
बलात्कारमा संलग्न भनिएका राईविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउनलाई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
बालिका अचानक बिरामी परेपछि उपचारका लागि अस्पतालमा लग्दा गर्भ रहेको खुलेको हो। स्वास्थ्य परीक्षण गराउँदा ४ महिनाको गर्भ रहेको पत्ता लागेको मोरङ प्रहरीले जनाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments