
छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु
- फाल्गुन २३, २०७८ मा प्रकाशित
काठमाडौं: मोरङ, तनहुँ, कञ्चनपुर र दाङमा डुबेर चार जनाको मृत्यु भएको छ ।
मोरङको जहदा गाउँपालिका–४ बस्ने १८ वर्षीय उपेन्द्र यादवको सोही ठाउँस्थित लोहान्द्रा खोलामा डुबेर आइतबार मृत्यु भएको हो ।
खोलामा माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तनहुँको भानु नगरपालिका–१ चुदी खोलामा डुबेर सोही ठाउँस्थित एसबीएस इँटाभट्टामा काम गर्ने रोल्पा थपाङ गाउँपालिका–६ बस्ने १८ वर्षीय सुनिल बुढा मगरको आइतबार मृत्यु भएको छ ।
साथीहरूसँग खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मोती अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अरनिकोवस्ती बस्ने दुई वर्षीय अनुरोध तमाङको डुबेर आइतबार मृत्यु भएको छ ।
घर नजिकै रहेको पानीको खाल्टोमा डुबेर अशक्त भएका उनको उपचारको लागि बीएन पोलीक्लिनिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दाङको घोराही उपमहानगरपालिका–९ तेघरा बस्ने १८ महिनाकी बालिका सृष्टी बुढाको आइतबार डुबेर मृत्यु भएको छ ।
आफ्नै घरमा खेल्ने क्रममा पानीको वाल्टीमा डुबेर अशक्त भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments