
छात्रावासका तीन बालिकामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक जेल चलान
- असार १७, २०७९ मा प्रकाशित
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ बाहुनधारास्थित शान्ति टोलको सर्वनाम शिक्षालयका एकजना शिक्षक बालिकामाथि यौन दुर्व्यवहार अभियोगमा जेल चलान भएका छन्।
छात्रावास सञ्चालक समेत रहेका शिक्षक रामजी बस्नेतलाई कक्षा ७ की ११ वर्षीया, १० की १४ वर्षीया र कक्षा ८ की १२ वर्षीय बालिकामाथि यौन दुर्व्यवहार अभियोगमा जिल्ला अदालत काठमाडौंले बिहीबार पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।
अदालतको उक्त आदेशपछि रामेछापको गोकुलगंगा गाउँपालिका २ ठोसे घर भइ सर्वनाम शिक्षालयमा पढाउँदै आएका बस्नेत डिल्ली बजार कारागारमा चलान भएका हुन्।
उनले करिब ६ महिनादेखि विभिन्न पटक ती बालिकाहरुको छाती तथा संवेदनशिल अंगमा छुने, अंगालो मार्ने र शरीरका अन्य भागमा मुसारेर बालयौन दुरुपयोग गरेको भन्दै उजुरी परेको थियो। त्यसपछि उनलाई प्रहरी बृत्त बौद्धमा परेको जाहेरी अनुसार पक्राउ गरिएको थियो। उजुरीपछि भागेर रामेछापको गोकुलगंगा पुगेका उनलाई प्रहरीले गत जेठ २१ गते पक्राउ गरेर ल्याएको थियो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments