
चोरी गरी अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक सामग्री नेपाल फिर्ता
- चैत्र १६, २०८१ मा प्रकाशित

काठमाडौं । नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरू नेपाल फिर्ता ल्याइएको छ । आइतबार बिहान पुरातत्व विभागले ती मूर्तिहरू सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।यीमध्ये तीनवटा पौवा चित्र (१५–१८ औं शताब्दी) रहेका छन् । यी पौवा चित्रहरू काठमाडौंको इटुम्बहालबाट वि.सं. २०३७ सालमा हराएका थिए ।
त्यसैगरी, एक प्रस्तरबाट बनाइएको स्थानक बुद्धको मूर्ति (९ औं शताब्दी) बुंगमतीको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो । साथै, आर्ट इन्स्टिच्युट सिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति (१२–१३ औं शताब्दी) र अन्य १६ थान कलात्मक वस्तुहरू (९–१९ औं शताब्दी) पनि नेपालका विभिन्न स्थानबाट हराएर अमेरिका पुगेका थिए ।
कार्यक्रममा संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भने, ‘नेपालका सम्पदाहरू संसारको कुनै पनि कुनामा पुगे पनि नेपाली सम्पदाको महत्त्व बुझेर ती सम्पदा फर्काउने प्रयास गरिरहेका छौं । अब नेपालबाट मूर्तिहरू चोरी गर्न सकिँदैन । विगतमा गएका चिजहरू अहिले फर्किनु सकारात्मक कुरा हो ।’
उनले विगतमा यस्ता सम्पत्ति कसरी गएका थिए भनेर प्रश्न गर्दै भने, ’अब दुराचार गर्ने समय समाप्त भएको छ र अब चोरी हुन सक्ने छैन ।’ उनले मूर्तिहरूको प्रतिष्ठापनका लागि सरकारले प्रतिवद्धता जनाएको र आर्थिक अवस्थाको चिन्ता नगर्न आग्रह गरे । मन्त्री पाण्डेले भने, ‘स्थानीय सरकारहरू अब आफ्ना आस्थाहरू जोगाउन सक्षम छन् । पुरातात्विक धरोहरहरू पहिले हरिएका ठाउँमै प्रतिष्ठापित गरिनेछ ।’
अहिलेसम्म बेलायत, अस्ट्रिया, अमेरिका, चीन (तिब्बत), भारत, जर्मनी, अस्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्विक महत्त्वका मूर्तिहरू र कलात्मक वस्तुहरू विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तिहरू तथा संघ संस्थाहरूको प्रयासबाट फिर्ता भइसकेका छन्। अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रिया, अष्ट्रेलिया जस्ता देशहरूबाट थप कलात्मक वस्तुहरूको फिर्तीका लागि कूटनीतिक पहल भइरहेको छ । संयुक्त राज्य अमेरिकाबाट मात्रै नेपालमा फिर्ता भएका पुरातात्विक महत्त्वका वस्तुहरूको संख्या १०४ पुगेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments