
चोरीमा संग्लग्न रहेका ३ जना पक्राउ
- फाल्गुन १०, २०७८ मा प्रकाशित
इटहरीः सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बराहक्षेत्र–८ सुनसरीका २७ वर्षीय अटल राई, शिवसताक्षी नगरपालिका– ९ का २१ वर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका –६ का २७ वर्षीय दिलिप लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । राईलाई धरानकी टिनु बज्राचार्यको को ३१ प २४४ नम्बरको स्कुटर चोरी गरेको आरोपमा चोरी भएको स्कुटरसहित बराहक्षेत्र–६ बाट पक्राउ गरेको हो ।
मंसिर ३ गते धरानबाट हराएको उक्त नम्बरको स्कुटर खोजतलास गर्ने क्रममा फाल्गुन ८ गते स्कुटर सहित राई पक्राउ परेका हुन् ।

यसैगरी माघ १८ गते मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा सुर्य कट्टेलले सञ्चालन गर्दै आएको किराना पसलमा चोरी गरी फरार रहेका भण्डारी र लिम्बूलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । पसलमा बिक्रीको लागी राखिएको रिचार्ड कार्डलगायत अन्य समानसहित १ लाख ५० हजार बराबरको समान चोरी भएको भन्ने सूचना पाएसँगै चोरीमा संलग्नहरुको खोजतलास गर्ने क्रममा दुबै जना पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट प्रहरीले ४९ हजार ८ सय बराबरको एनसेल कम्पनीको मोबाइल रिचार्ज कार्ड र नगद रू २५ हजारसमेत बरामद गरेको छ । चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments