
चुनाव प्रचारमा गएका किशोरको दुर्घटनामा मृत्यु
- बैशाख २७, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीमा नेकपा एमालेको चुनाव प्रचारप्रसारबाट घर फर्किने क्रममा दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।
स्थानीय तह निर्वाचनको प्रचार गरेर फर्कने क्रममा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका ५ मा ट्याक्टरबाट लडेर सोमबार साँझ किशोरको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३ त ६३ नम्बरको ट्याक्टरबाट खसेर भोक्राहानरसिंह ८ का १७ वर्षीय तप्रेज मियाँको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख (एसपी) बासुदेव खतिवडाले जानकारी दिए ।
उनका अनुसार ट्याक्टरबाट लगेर गम्भीर घाइते भएका मियाँको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा साँझ ५ः४५ बजेतिर मृत्य भएको हो ।
मियाँ नेकपा एमालेको चुनावी प्रचार र घरदैलो कार्यक्रममा गएका थिए । घर फर्किने क्रममा ट्याक्टरबाट खस्नसाथ उनलाई पछाडिको चक्काले किचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनालगत्तै ट्याक्टर चालक २२ वर्षीय मुन्ना भनिने अवास अन्सारी फरार भएका छन् । फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments