
चुनाव जितेको ७२ घण्टाभित्र ५० शैयाको क्याबिन निःशुल्क सञ्चालन गर्ने डा. शर्माको उद्घोष
- मंसिर १, २०७९ मा प्रकाशित
विराटचोक । मोरङको क्षेत्र नम्बर ३ बाट संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेपाली कांग्रेसका डा. सुनिल शर्माले आफूले चुनाव जितेको ७२ घण्टाभित्र ५० शैयाको क्याबिन निःशुल्क सञ्चालनमा ल्याउने बताएका छन् ।
निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले विपन्न नागरिकको उपचारका लागि ५० शैयाको क्याबिन निःशुल्क सञ्चालन गर्ने बताएका हुन् । अघिल्लो निर्वाचनमा झिनो मतले पराजित भए पनि उनी स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गरिरहेका छन् ।
जनताको स्वास्थ्य उपचारको जिम्मा सरकारको भएको बताउँदै डा.शर्माले सरकारी कोषबाट तत्काल सम्भव नभए निजी स्रोतबाट सेवा प्रवाह गरेर भए पनि पैसा नभएकै कारणले कसैको ज्यान जाने अवस्था आउन नदिने पनि बारम्बार बताउने गरेका छन् ।
जुनसुकै राजनीतिक आस्था बोकेको व्यक्ति भए पनि समस्यामा परेको अवस्थामा आफूले तत्काल सहयोग गर्ने गरेको र त्यसलाई निरन्तरता दिइने उनले जनाए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments