
चुनावी तालमेलमा गर्ने विषयमा गठबन्धनमा विमती छैन : प्रचण्ड
- चैत्र ३, २०७८ मा प्रकाशित
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनविरोधी अभिव्यक्ति कांग्रेसका दोस्रो तहका केही नेताहरू दिने गरे पनि प्रधानमन्त्रीसमेत रहेका सभपाति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको बताएका छन् । निर्वाचनअघि र पछि पनि गठबन्धनलाई कायम राख्नेमा देउवा सकारात्मक रहेको प्रचण्डले बताए ।
लुम्बिनी प्रदेशको राजधानी बुटवल पुगेर प्रचण्डले कांग्रेस र उक्त पार्टीका दोस्रो तहका नेताहरूलाई लक्षित गर्दै भने, ‘विभिन्न पार्टीमा विभिन्न धार र अभिव्यक्ति सार्वजनिक भइरहेका छन् । तर, गठबन्धनमा रहेका पार्टीहरू निर्वाचनमा तालमेल गर्ने मामिलामा चाहिँ नेतृत्वहरूमा कहीँकतै विमती देखिएको छैन ।’
प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षका लागि गठबन्धन बनेको बताए । गठबन्धनको आवश्यकता निर्वाचनअघि र पछिसम्मै रहने भएकोले गठबन्धन जारी रहने उनको भनाइ छ ।
यस्तै, निर्वाचन तोकिएकै समयमा सरकारले गर्ने पनि उनले बताए । निर्वाचनको विषयलाई लिएर आज बिहान प्रधानमन्त्री देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र आफूबीच छलफल भएको बताए ।
छलफलको क्रममा प्रधानमन्त्रीले निर्वाचन नहुने भ्रम फैलाएको भन्दै चिन्ता व्यक्त गरेको प्रचण्डले बताए । ‘निर्वाचनको तयारीमा हामी तागत लगाएर गइनै सक्यौँ । तर, फेरि निर्वाचन हुँदैन भन्ने हल्ला चलिनै राख्छ प्रधानमन्त्रीजीले भन्दा भोट हाल्ने दिन पनि हुँदैन भनिरहन्छन् भन्यौं’, प्रचण्डले भने ।
निर्वाचनमा माओवादी केन्द्र आफ्नै एजेण्डको तागतमा निर्वाचन जाने तर सहायक रूपमा तालमेल गर्नेबारे पनि सोचिने बताएका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments