
चीनले नेपालसँगको नाका बन्द गर्दा करोडौँका फलफूल पारी नै कुहिए
- भाद्र २३, २०७९ मा प्रकाशित
काठमाडाै । कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै चीनले नेपालसँग जोडिएका भन्सार नाकाहरू बन्द गरेपछि सयौँ कन्टेनर सामान चीनतिरै रोकिएका छन् । नाका खुल्नेबारे नेपाल पक्षले कुनै जानकारी नपाउँदा दशैँलाई लक्षित गर्दै ल्याइएका सामान दशैँअघि नेपाल आउने सम्भावना कमजोर भएको छ भने फलफूल कुहिने अवस्था बनेको छ ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले उत्तरी नाका भएर चाडपर्व लक्षित सामान दशैँअघि आउन अब असम्भव रहेको बताए । लकडाउनका कारण तिब्बत क्षेत्रमा रोकिएका ५० भन्दा बढी कन्टेनरका स्याउ कुहिन थालेको पनि उनले जानकारी दिए । नेपालमा स्याउ आयात गर्ने सबै व्यापारी चिनियाँ भएकाले उनीहरूले नै चीन सरकारलाई सुरक्षा सावधानी अपनाएर उत्तरी नाका खुलाउन दबाब दिइरहेको उनको भनाइ छ ।
लकडाउनका कारण २ सयभन्दा बढी केरुङमा र एक सयभन्दा बढी खासामा, ३० मिम्बु, सिगात्सेमा २५, ल्हासा क्षेत्रमा केही मालवाहक कन्टेनर रोकिएको अवस्था छ । आयात रोकिएपछि बजारमा उधारो सामान रहेको, बैङ्कले ऋण दिन छाडेको जस्ता गुनासा व्यापारीहरूले गर्न थालेका छन् ।
व्यापारीले समस्या भोगे पनि नाका कहिले खुल्छ भन्ने अन्योल भने बाँकी नै छ । चीनले खासा, न्यालम, सिगात्सेलगायतका क्षेत्रमा कोभिड सङ्क्रमणको कारण देखाउँदै साउन २५ गतेयता नाका बन्द गर्दै आएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतम भने चीनले नाका बन्द गरेको भन्न नमिले पनि सामान आयातमा रोक लागेको बताउँछन् ।
उनका अनुसार अहिले पनि चीनका विभिन्न क्षेत्रमा कोभिड सङ्क्रमण बढिरहेको लकडाउन जारी गर्नुपरेको भनाइ चिनियाँ पक्षबाट आएको छ । चिनियाँ क्षेत्रमा कोभिड सङ्क्रमण हट्ने बित्तिकै चीनबाट सामान आयात हुने चिनियाँ समकक्षीबाट जवाफ आएको उनले बताए ।
लकडाउन भएपछि खासा भन्सारका सबै कर्मचारी आइसोलेसनमा बसेको र तातोपानी नाका कहिले खुल्छ भन्न सकिने अवस्था नरहेको गौतमको भनाइ छ ।
नाका नखुलेका कारण व्यापारी, व्यवसायी, कन्टेनर चालक, सहचालक, लोड अनलोड गर्ने श्रमिक घर फर्केका छन् । दुई देशबीच व्यापारिक कारोबार नहुँदा नाका सुनसान छ ।
स्थानीय आर्थिक गतिविधि ठप्प छ । साउन २५ अघि भन्सार कार्यालयमा भित्रिएका पाँच सय मेट्रिक टन रासायनिक मल, मेडिकल मास्क, रोल कपडा भन्सार गोदाममा थन्किरहेको गौतमले जानकारी दिए ।
नाका खुलाउनका लागि कूटनीतिक पहल गर्न प्रधानमन्त्री, पराराष्ट्र मन्त्री, भन्सार विभाग, दलका शीर्ष नेता, सरोकारवाला निकायलाई ज्ञापनपत्र, अन्तत्र्रिmयाजस्ता विभिन्न माध्यमबाट आग्रह गरिएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठले बताए ।
दशैँका सामान चिनियाँ भू–भागमा रोकिएका कारण तातोपानी नाका र रसुवागढी नाका तत्काल खुलाउन नेपाल सरकारले चीन सरकारसँग कूटनीतिक पहल थाल्नुपर्ने उनको भनाइ छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतका विभिन्न सहरमा ८ अगस्टदेखि कोरोना सङ्क्रमणका कारण लकडाउन जारी छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments