
चितवनमा पनि नक्कली पीसीआर रिपोर्ट बनाउने धन्धा, दुईजना पक्राउ
- माघ २७, २०७८ मा प्रकाशित
चितवन: काठमाडौँपछि चितवनमा पनि कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाउने धन्धा चलिरहेको पाइएको छ । चितवन प्रहरीले नक्कली पीसीआर बनाउने दुईजनालाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान गरिरहेको छ ।
नक्कली पीसीआर रिपोर्ट तयार गर्ने चौबीसकोठीस्थित देव हस्पिटलमा कार्यरत हेल्थ असिस्टेन्ट सन्दीप सापकोटा र रत्ननगर नगरपालिका-६ बस्ने प्रकाश न्यौपानेलाई २५ माघमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कमला नरालले बताइन् ।
देव हस्पिटलमा २५ माघमा एउटा अपरेसन गर्नुपर्ने विरामीको पीसीआर नक्कली भेटिएपछि यस्तो धन्धाको विषय बाहिर आएको हो । ‘देव हस्पिटलमै काम गर्नेले विरामीको स्वाब तानेर न्यौपाने भन्नेलाई दियो । उसले चाहिँ नक्कली पीसीआर बनाएर दिएको देखिएको छ । त्यही विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको हो’, उनले भनिन् ।
अपरेसन गर्नुअघि चिकित्सकले पीसीआर गर्न भनेर एउटा चिट दिए । उनीहरू दुईजना मिलेर आफूखुसी रिपोर्ट बनाएर दिने गरेको पाइएको छ । नक्कली पीसीआर बनाउने स्थानको पनि पहिचान भइनसकेको उनले बताइन् । रत्ननगरका न्यौपानेले कोरोना महामारीको पहिलो र दोस्रो चरणका बेला भरतपुर अस्पतालको ल्याबमा काम गर्ने गरेको पाइएको छ ।
‘त्यसपछि उनले त्यहाँ काम छाडेको र विभिन्न अस्पतालसँग सम्पर्क राखेर स्वाबहरू ल्याएर परीक्षण गर्ने र नक्कली पीसीआर बनाउने गरेको भन्ने बुझेका छौँ’, उनले भनिन् । उनीहरूको साथबाट अरु नक्कली पीसीआर भने फेला नपरेको उनको भनाइ छ । नक्कली पीसीआर बनाउने काममा देव हस्पिटलकै संलग्नता रहे/नरहेको भन्ने विषयमा पनि अनुसन्धान भइरहेको उनले जानकारी दिइन् । न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments