•  ९ चैत्र २०८१
  •  11:37:09 AM

चितवनमा आगो तापेकै ठाउँमा गैँडाको आक्रमण, २ महिला घाइते

- पुष १६, २०८१ मा प्रकाशित



चितवन । पूर्वी चितवनमा आज (मंगलबार) बिहान गैँडाले आक्रमण गर्दा दुई महिला घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार गैँडाको आक्रमणबाट खैरहनी नगरपालिका-१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन्।

आज बिहान ६:२० बजे घरमा आगो तापिरहेका बेला उनीहरूलाई गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ। घाइते दुवैलाई भरतपुर अस्पताल लगिएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

Comments

सम्बन्धित खवर