
चरा धपाउनकै लागि बिमानस्थलमा शिकारी , गुलेली र मट्याङ्ग्राका लागि ३ लाख बजेट
- श्रावण २७, २०७९ मा प्रकाशित
काठमाडाैं । सरकारले विमानस्थलबाट चरा धपाउने प्रयोजनका लागि ३ लाख रुपैयाँ बजेट छुट्याएको छ । सरकारले चरा धपाउन शिकरी खटाउन यो रकम छुट्याएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्ष २०७९÷८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलका लागि चरा धपाउने प्रयोजनमा प्रयोग हुने गुलेली र मट्याङ्ग्रा तथा जाली खरिदमा ३ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
प्राधिकरणका अनुसार पोखरा नागरिक उड्डयन प्राधिकरणका लागि १ लाख र वन्यजन्तु तथा चराचुरुङ्गी धपाउन तथा गुलेली मट्याङ्ग्रा खरिद तथा ट्रापर मर्मत गर्न त्रिभुवन विमानस्थलमा २ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसभन्दा धेरै ठूलो रकम भने शिकारी खर्चमा हुने गरेको छ ।
प्राधिकरणका अनुसार यस वर्ष शिकारी खर्चमा पोखरामा मात्र ४० लाख रुपैयाँ खर्च हुने भएको छ । त्रिभुवन विमानस्थलका लागि भने २७ लाख रुपैयाँ शिकारी खर्च विनियोजन भएको प्राधिकरणको वार्षिक बजेटमा उल्लेख छ । त्रिभुवन विमानस्थलमा चरा तथा वन्यजन्तु धपाउन आधुनिक उपकरण तथा डिभाइससहित शिकारी समेत खटाउने गरिएको छ ।
छिट्टै सञ्चालनको तयारीमा रहेको पोखरा विमानस्थल चराको अझ बढी जोखिममा छ । किनकी सो विमानस्थलको आडमै ल्याण्डफिल साइट रहेको छ । विमानस्थलमा खटिने शिकारीहरुले बम जस्तै आवाज आउने डिभाइस पड्काउने, गोली हान्ने तथा गुलेली हानेर चरा धपाउने गर्छन् ।प्राधिकरणले पोखरामा ‘बर्ड स्क्यानिङ डिभाइसेज’ खरीद गर्न ५ लाख रुपैयाँ र काठमाडौंमा बर्ड स्क्यानिङ मेसिन खरिद गर्न ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
काठमाडौंसहितका विमानस्थल चरा तथा वन्यजस्तुको बढी गतिविधि हुने विमानस्थलमा पर्छन् । घाँसे मैदानमा हुने गड्यौंलाहरु धावनमार्गसम्म आइपुग्ने र ती किरा फट्याङ्ग्रा खान चरा धावनमार्गसम्म आइपुग्दा चरा र जहाज ठोक्किने सम्भावना धेरै हुन्छ ।
यसको न्यूनीकरण गर्न प्राधिकरणले काठमाडौंमा किरा तथा गड्यौंला नियन्त्रणको किटनाशक विषादी तथा छर्किने प्रयोजनका लागि ४ लाख रुपैयाँ विनियोजन गरेको छ । प्राधिकरणले हरेक विमानस्थलमा घाँस तथा खर कटानका लागि समेत बजेट छुट्याएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘सेफ्टी रिर्पोट २०२१’ अनुसार सन् २०२० चरासँग सम्बन्धित कुल २३ वटा घटना भएका थिए ।
सन् २०२१ मा चरा र वन्यजन्तुसँग सम्बन्धित ५५ वटा घटनाको रिर्पोटिङ भएको थियो । चराका कारण सबैभन्दा धेरै घटना नोभेम्बरमा भएको रिर्पोटिङ भएको छ ।अधिकांश घटना जहाज अवतरणका क्रममा चरासंँग ठोक्किने गरेको पाइएको छ । जहाज चढ्ने समयमा पनि चराजन्य घटना भएका छन् ।चराचुरुङ्गी र वन्यजन्तुको गतिविधिको प्रभाव देखिने विमानस्थलमा काठमाडौं, पोखरा, विराटनगर, भैरहवा बढी जोखिममा छन् ।
धावनमार्गको नजिकै खाडलहरु हुने, विमानस्थल क्षेत्र भन्दा बाहिर नजिकै बालिनाली लगाउने काम हुनु र धावनमार्ग र चराको रंग समेत उस्तै हुने भएकाले समेत विमानस्थलमा चरासँग बढी जोखिम हुने गरेको प्राधिकरणको भनाइ छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments