
चतरामा कुम्भमेलाको तयारीबारे बृहत छलफल
- चैत्र २८, २०७९ मा प्रकाशित

इटहरी ।सुनसरीको चतराधाममा आउँदो वर्ष लाग्ने कुम्भमेलाको तयारी सुरु भएको छ । २०८० साल चैत्र २७ गते अर्थात् चैत्र शुक्ल प्रतिपदादेखि सुरु हुने दोस्रो पूर्ण महाकुम्भ मेला तयारीको सन्दर्भमा बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
उक्त कुम्भ मेला आयोजना तयारीको विषयमा सोमवार कुम्भमेला स्थल चतराधाममा तयारीको विषयमा वृहत् छलफल तथा अन्तरक्रिया गरिएको हो । चैत्र शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय त्रितिया सम्म १ महिना चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेलाको तयारी सुरु गरिएको छ । वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाम कुम्भ स्थलको रूपमा प्रसिद्ध रहेको छ । नेपालको एक मात्र कुम्भस्थलको रूपमा रहेको चतराधाममा यस अगाडी ४ पटक कुम्भ मेला सम्पन्न भइसकेका छन् ।
वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यमा आयोजना भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले मेलालाई व्यवस्थित बनाउनु पर्ने जोड दिएका थिए । अन्तरक्रियामा वक्ताहरूले प्रचारप्रसार, व्यवस्थापन, अतिथि संस्कार, आर्थिक स्रोत व्यवस्थापन लगाएको विषयमा तयारी सुरु गर्नुपर्ने धारणा राखेका थिए । आर्थिक पारदर्शिता, व्यापकता, माथिल्ला सरकारसँग समन्वय तथा सहकार्य गर्नुपर्ने वक्ताहरू धारणा रहेको थियो ।छलफलबाट कुम्भ मेलाको शुभारम्भकालागि प्रचारात्मक कार्यक्रम गर्ने, माथिल्ला निकायहरूसँग समन्वय र सहयोगकालागि सहजीकरण गर्ने, नियमित सरसफाइको व्यवस्थापन गर्ने, आवश्यक भौतिक संरचना निर्माणको कामलाई तीव्रता दिने निर्णय गरिएको प्रथम जगतगुरु पीठ चतरा धामका सचिव उद्भव घिमिरेले बताए ।
मेलालाई व्यवस्थित तथा भव्य बनाउन नगरपालिकाले नेतृत्व गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । चतराधाम कुम्भ नगरी भएकाले यहाँ लाग्ने कुम्भ मेलाको प्रचारप्रसार र व्यवस्थापनलाई प्राथमिकताका साथ राखेर काम गर्ने कार्कीको भनाई छ । नगर प्रमुख कार्कीका अनुसार २०८० साल चैत्रबाट लाग्ने पुर्णकुम्भ मेलाको प्रचारप्रसार गर्ने र प्रचारात्मक कार्यक्रम गरिने तथा माथिल्ला सरकारसँग समन्वय गरिने नगर प्रमुख कार्कीले बताए । छलफलमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, पूर्व सभासद हरिनाथ बास्तोला, वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार, जिल्ला प्रहरी प्रमुख, वडाध्यक्षहरू, राजनीति दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments