
घुम्न जाँदा समुद्री तटबाट हराइन् श्रीमती : खोज्नलाइ एक करोड खर्च, श्रीमती भने प्रेमीकाे अंगालाेमा
- श्रावण २२, २०७९ मा प्रकाशित
एजेन्सी । भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनमबाट एउटा अनौठो घटना बाहिरिएको छ । एक जोडी सोमबार विशाखापट्टनमको आरके बीचमा आफ्नो दोस्रो विवाहको वार्षिकोत्सव मनाउन गएका थिए । यसै क्रममा श्रीमती बेपत्ता भइन् । श्रीमानलाई लाग्यो उनी समुद्रमा डुबिन् । उनले श्रीमतीको शव खोजिरहे । तर पछि थाहा भयो कि उनी आन्ध्रकै नेल्लोरमा आफ्ना प्रेमीसँग छिन् ।
समुद्री तटबाट बेपत्ता भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ती महिलाको शव दुई दिनसम्म समुद्र तट र आसपासका क्षेत्रमा खोजी गरेको थियो । यसका लागि नौसेनाको हेलिकप्टरको सहयोग पनि लिइएको थियो । यससँगै समुद्री प्रहरी, गोताखोर, माछा मार्नेहरूले खोजी गरेका थिए । खोजी कार्यमा प्रशासनले करिब एक करोड भारु खर्च गरेको छ ।
विवाहको दोस्रो वर्षगाँठ मनाउन गएको थियो जोडी
२१ वर्षीया साइप्रिया विशाखापट्टनम निवासी हुन् । उनले दुई वर्षअघि श्रीकाकुलम निवासी श्रीनिवास रावसँग विवाह गरेकी थिइन् । सोमबार श्रीमान्९श्रीमती आफ्नो दोस्रो विवाह वार्षिकोत्सव मनाउन सिंहचलम मन्दिर गए र त्यसपछि समुद्र तटमा घुम्न गए ।
सोमबार राति, दम्पती समुद्री तटमा पैदल यात्रा गर्दै थिए । यसै क्रममा श्रीमानको फोन आयो र श्रीमतीलाई छोडेर उनी अर्को ठाउँतिर लागे । त्यतिबेला श्रीमतीले फोनमा सेल्फी खिचिरहेकी थिइन् । केही मिनेटपछि श्रीमान् फर्किए तर श्रीमती भेटिइनन् । उनले श्रीमती समुद्रमा बगेको महसुस गरेपछि तत्कालै प्रहरीलाई खबर गरेपछि खोजी अभियान सुरु भयो ।
महिलाले नेल्लोरबाट आफ्ना आमाबुवालाई सन्देश पठाइन्
ती महिला आफ्नो प्रेमीसँग आरके बीचबाट भागेर रेल चढेर नेल्लोरको कावली पुगिन् । भाग्नुअघि उनले आफ्नो सामाजिक सञ्जाल खाताहरू डिलिट गरेकी थिइन् र आफ्नो फोन पनि छोडेकी थिइन् । नेल्लोर पुगेपछि, उनले नयाँ सिम किनिन् र आफ्ना आमाबाबुलाई आफू सुरक्षित भएको र प्रेमी रविसँग भएको सन्देश पठाइन् ।
उनले आफ्ना आमाबुवालाई भोइस मेसेज पठाएर आफूले रविसँग विवाह गरिसकेको र आफूलाई खोज्ने प्रयास नगर्न आग्रह गरेकी छिन् । उनको खोजी गर्न समस्या भोग्नुपरेको भन्दै उनले सरकारी अधिकारीसँग माफी पनि मागिन् । उनले आफ्ना अभिभावकसँग आफू भएको स्थानबारे पत्ता लगाउने कोसिस गरे आफ्नो ज्यान नै दिने चेतावनी पनि दिएकी छिन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments