
घरघरमा डाक्टर पठाउने रामधुनीका मेयर उम्मेदवार अधिकारीको वाचा
- बैशाख २३, २०७९ मा प्रकाशित
इटहरीः नेपाली कांग्रेसका तर्फबाट सुनसरीको रामधुनी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका सुदीप अधिकारीले आफूलाई विजयी गराए टोल विकास संस्थाको सहकार्यमा घरघरमा डाक्टरको सेवा दिने प्रतिबद्धता मतदातासमक्ष व्यक्त गरेका छन् ।
उनको पार्टीले जारी गरेको घोषणापत्रमा स्वच्छ र पारदर्शी प्रशासन रामधुनीमा सुशासन भन्ने नाराका साथ घोषणा पत्र लिएर चुनावी मैदानमा हिडेको नेपाली कांग्रेस रामधुनीले नगरबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त बनाउन प्रविधिमैत्री टोकन प्रणाली सहित, राजश्वमा न्युनतम शुल्क निर्धारण गर्ने देखि लिएर दक्ष कर्मचारी नगरमैत्री सेवा समेत प्रवाह गर्दै सेवाग्राहिको काम ३० मिनेटभित्रै सम्पन्न गर्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउने उल्लेख छ । नगरिकलाई भुमिकर, मालपोत कर तिर्नको लागि घरबाटै भुक्तानी गर्न मिल्नेगरी सफ्टवेयरको प्रबन्ध गर्ने साथै चौमासिक रुपमा सार्वजनिक सुनुवाइ गरी नगरले प्रवाह गर्ने सेवा र नागरिकको सन्तुष्टिको स्तरको आधारमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने समेत नेपाली कांग्रेस रामधुनीको संकल्प छ ।
कृषि उत्पादनको न्युनतम समर्थन मुल्य निर्धारण गरी कृषि सहकारी मार्फत बजारीकरणको व्यवस्था मिलाउने , साना किसानहरुलाई मल विरुवाका साथमा प्राविधिक सेवा नियमित र निशुल्क रुपमा उपलव्ध गराउने व्यावस्था मिलाउने साथै पशुविमा, बालीबिमामा प्रिमियम भुत्तानीका लागि अनुदानको व्यवस्था गर्ने र जग्गा जमिनलाई आवास क्षेत्र, औद्योगिक क्षेत्र, कृषि क्षेत्रको रुपमा बर्गिकरण गर्ने र जग्गा प्लटिङ्गलाई निरुत्साहित गर्ने समेत नेपाली कांग्रेसले योजना अघि सारेको छ । बेरोजगारलाई लक्षित गर्दै व्यवसायिक सीपमुलक तालिम संचालन गर्ने र तालिम प्राप्त महिला, दलित अल्पसंख्यकले आफ्नै व्यवसाय गर्न चाहेमा विनाधितो ऋण प्रवाहको समेत व्यवस्था गर्ने घोषणा रामधुनी कांग्रेसको छ । मेयरमा सुदीपलाई उठाएको पार्टीले उपमेयरमा आशाकुमारी चौधरीलाई प्रतिस्पर्धामा उतारेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments