
ग्याष्ट्रिक, बाथदेखि पेटसम्बन्धी समस्या निको पार्न पुग्छन् भोताङको अमिलोपानी
- चैत्र २८, २०७८ मा प्रकाशित
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका देशकै मुख्य पर्यटकीय गन्तव्य हो । पाँचपोखरी भन्नेवित्तिकै यहाँको धार्मिक आस्था महत्वप्रति सबैको विश्वास छ । जसमध्ये यही ठाउँमा पर्छ भोताङ । भोताङकै आँगनमा पर्दछ अमिलोपानी ।
पाँचपोखरी थाङपाल गाउँपालिका-३ भोताङमा रहेको अमिलोपानीको ऐतिहासिक महत्व छ । यहाँको पानी पिउँदा स्वास्थ्यलाई फाइदा पुग्ने र विभिन्न रोगहरू न्युनीकरण हुने जनविश्वास छ । भोथाङका वडाध्यक्ष निमा छिरिङ लामा भन्छन्, ‘यहाँको पानी पिउँदा ग्यास्ट्रिक निको हुन्छ । यसकारण यस क्षेत्रको स्थानीयले मात्रै नभएर विभिन्न क्षेत्रका सर्वसाधारणले यहाँको पानी पिउन आउने गरेका छन् ।’
प्राचीनकालदेखि नै ‘अमिलोपानी’ रहिआएको र यो पानी पिउँदा विशेषगरी ग्यास्ट्रीक, जिउ दुख्ने जस्ता रोग निको हुने जनविश्वास छ ।
अमिलोपानीको तीनपटक ल्याब टेष्ट भइसकेको छ । एन्फोमा ल्याब टेष्टको रिपोर्टले अमिलो पानी मानव शरीरलाई अति आवश्यक भएको पृष्टि गरिसकेको स्थानीय रत्नप्रसाद श्रेष्ठले बताए ।
हरेक वर्ष चैते दशैकाे तीन दिन यहाँ भव्य मेला लाग्छ । मेलामा टाढादेखिका स्थानीय बाथ, ग्याष्ट्रिकदेखि पेटसम्बन्धी समस्या निको हुने भन्दै मेला भर्न आउने गरेका छन् । मेला भर्न आउनेले साथमा सक्खर, मिश्री साथमा दुई पाथीसम्म पानी पिउने गर्छन् । यो वर्ष एक हजारभन्दा बढी मेलामा पुगेका थिए ।
मेलम्ची, चौतारादेखि काभ्रेसम्मका स्थानीय मेला भर्न पुग्ने गरेका छन् । अहिले सडक मार्गबाट आधा घन्टा ओरालो हिँडेपछि अमिलोपानी स्थल पुग्न सकिन्छ । जात्रालाई पछिल्लो समय स्थानीय सरकारले मौलिक कला संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ डम्फू सेलो सांस्कृतिक कार्यक्रमसमेत हुने गरेको छ । यसका लागि स्थानीय कलाकार, ताम्बाहरूले स्थानीय भाषामा डम्फू सेलोहरूसमेत प्रस्तुत गरेका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments