
गोल्डेन बुट कसले जित्ला? एमबाप्पेलाई पछ्याउँदै मेस्सी र जिरौड
- मंसिर २६, २०७९ मा प्रकाशित
विश्वकप फुटबलमा क्वार्टरफाइनलका खेल सकिएका छन्। दुई दिनपछि सेमिफाइनलका खेल सुरु हुँदैछन्। ३२ देश सहभागी हुने अन्तिम विश्वकपमा अब मात्रै ४ देश बाँकी छन्।
साविक विजेता फ्रान्स, उपविजेता क्रोएसिया, पूर्वविजेता अर्जेन्टिना र पहिलो पटक सेमिफाइनलमा पुगेको छ मोरक्को। क्रोएसियाले र मोरक्कोले विश्वकप जितेका छैनन् भने फ्रान्स र अर्जेन्टिनाले समान दुई पटक विश्वकप जितेका छन्।
अब बाँकी ४ वटै टोलीले समान २ खेल खेल्नेछन्। अन्तिम ४ खेल बाँकी हुँदा गोल्डेन बुटको दाबेदारको संख्या पनि घट्दै गएको छ। अब सेमिफाइनलमा पुगेको फ्रान्सका केलियन एमबाप्पे सबैभन्दा अगाडी छन्। एमबाप्पेले ५ गोल गरेका छन्। उनीपछि अर्जेन्टिनी कप्तान लियोन मेस्सी र फ्रान्सकै फरवार्ड ओलिभर जिरौड छन्। मेस्सी र जिरौडको समान ४ गोल छ।
फ्रान्सका लागि एमबाप्पेले पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध १ गोल गरेका थिए। समूहको दोस्रो खेलमा डेनमार्कविरुद्ध २ गोल गरेका उनले अन्तिम १६ को खेलमा पोल्याण्डविरुद्ध पनि २ गोल नै गरे।

फ्रान्सकै जिरौडले समूह चरणमा अष्ट्रेलियाविरुद्ध २ गोल, पोल्याण्डविरुद्ध १ गोल र क्वार्टरफाइनलमा इंग्ल्याण्डविरुद्ध १ गोल गरेका छन्। लियोनल मेस्सीले पहिलो खेलमा साउदीविरुद्ध १ गोल गरेका थिए। दोस्रो खेलमा मेक्सिकोविरुद्ध पनि गोल गरेका मेस्सीले अन्तिम १६ मा अष्ट्रेलियाविरुद्ध र क्वार्टरफाइनलमा नेदरल्याण्ड्सविरुद्ध पनि गोल गरेका थिए।
यसअघि ३ गोल गरेका ७ खेलाडी भने विश्वकपबाटै बाहिरिसकेकाले उनीहरुको सम्भावना सकिएको छ। तर यी सेमिफाइनलमा पुगेका ४ टोलीबाट भने नयाँ खेलाडीले गोल्डेनबुटको दौडमा अघि आउने सम्भावना कायम रहन्छ।
यसअघि पोर्चुगलका गोन्सालो रामोसले ह्याट्रिक गरेका थिए। समूह चरणमा एक गोल पनि नगरेका उनले नकआउटमा स्विट्जरल्याण्डविरुद्ध ह्याट्रिक गर्दै गोल्डेनबुटमा दाबेदार बनेका थिए। तर क्वार्टरफाइनलमा उनको टिम पोर्चुगल मोरक्कोसँग पराजित भयो। यससँगै उनको पनि सम्भाबना सकियो।
यसपटक गोल्डेन बुटको दाबेदार नयाँ हुन्। यसअघि २०१८ को विश्वकपमा गोल्डेन बुट जितेका इंग्ल्याण्डका ह्यारी केन बाहिरिसकेका छन्। विश्वकप फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई गोल्डेनबुट प्रदान गरिनेछ। यदि दुई खेलाडीको गोल संख्या बराबर भएमा गोलको असिस्ट हेरिनेछ। जसले बढी गोलमा असिस्ट प्रदान गरेको छ। उसलाई प्रदान गर्ने नियम छ।

अहिले गोल्डेनबुटको दौडमा रहेको मेस्सीको भन्दा एमबाप्पेको एक गोल बढी भएपनि अस्सिट भने बराबरी छ। दुवैले समान दुई गोलमा असिस्ट प्रदान गरेका छन्। अन्तिम खेलसम्ममा गोल संख्या र असिस्ट पनि बराबरी भएको अवस्थामा उनीहरुले खेलेको समय निर्णायक बन्छ।
जारी विश्वकपमा जो कम समय खेलेको छ उसलाई प्रदान गरिनेछ। एमबाप्पेले भन्दा मेस्सीले बढि समय खेलेका छन्। गोल संख्या र असिस्ट बराबरी भएको अवस्थामा कम समय खेलेका एमबाप्पेले जित्न सक्छन्। एमबाप्पे र मेस्सी व्यवसायीक फुटबल भने एउटै क्ल्बबाट खेल्छन्। उनीहरु दुई सिजन यता पीएसजीबाट सँगै खेल्दै छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments