
गैसस मोरङका अध्यक्षमाथि प्रभावकारी अनुसन्धान र कारबाही गर्न १८ संस्थाको माग
- भाद्र १७, २०७९ मा प्रकाशित
बिराटनगर । प्रहरीद्वारा पक्राउ परेका गैरसरकारी संस्था महासङ्घ मोरङ शाखा अध्यक्ष राजेन्द्र ढकालमाथि प्रभावकारी अनुसन्धान गरी कानुनी कारबाही गर्न विराटनगरका विभिन्न सङ्घ–संस्थाले माग गरेका छन् ।
बालकमाथि यौन दुर्व्यवहार आरोप लागी पक्राउ परेका ढकाललाई पदबाट निलम्बन गरी अनुसन्धानमा सहयोग गर्न पनि विराटनगरका १८ संस्थाले महासङ्घको केन्द्रीय समितिसमक्ष माग गरेका छन् ।
ती संस्थाले आज (बिहीबार) संयुक्त विज्ञप्ति जारी गरी बालबालिकाको क्षेत्रमा क्रियाशील सामाजिक संस्था, सङ्गठन र निकायको जिम्मेवार व्यक्तिबाट बालकमाथि अप्राकृतिक यौन शोषणजस्तो व्यवहारले आफूहरू दुःखी भएको जनाएका छन् ।
यसरी संयुक्त रूपमा विज्ञप्ति जारी गर्ने संस्थाहरूमा ढकाल नै अध्यक्ष रहेको गैसस महासङ्घ मोरङ शाखा, माइती नेपाल, नारी विकास सङ्घ, मानवअधिकार तथा वातावरण मञ्च, सामुदायिक विकास प्रयास नेपाल, साना हातहरू, एबिसी नेपाललगायत छन् ।
१३ वर्षीय बालकलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा हिजो (बुधबार) साँझ प्रहरीले अध्यक्ष ढकाललाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार उजुरी परेपछि ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
विराटनगर १२ बाट पक्राउ परेका ढकालमाथि अनुसन्धान भइरहेको श्रेष्ठले बताए । ढकाल एजुकेसन हेल्पलाइनका अध्यक्ष हुन् । उनीमाथि बालकलाई धम्की दिएर पटक–पटक दुर्व्यवहार गरेको आरोप छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments