
गैरआवासिय नेपाली संघको अध्यक्षमा उम्मेदवारी दिन १० लाख रुपैयाँ दर्ता दस्तुर लाग्ने
- फाल्गुन ४, २०७८ मा प्रकाशित
काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी चैत १२ र १३ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने व्यक्तिले मनोनय पत्र दर्ता गर्दा १० लाख रुपैयाँ दस्तुर बुझाउनु पर्ने भएको छ ।
एनआरएनएले आज निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिनेले १० लाख रुपैयाँ दस्तुर बुझाउनु पर्ने जनाएको हो ।
चैतमा एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्ष–१, उपाध्यक्ष–४, महिला उपाध्यक्ष–१, युवा उपाध्यक्ष–१, महासचिव–१, सचिव–१, महिला सचिव–१, कोषाध्यक्ष–१, सहकोषाध्यक्ष–१, महिला सह कोषाध्यक्ष–१, महिला संयोजक–१, युवा संयोजक–१, क्षेत्रीयसंयोजक–६, क्षेत्रीय उपसंयोजक–६ पदको लागि निर्वाचन हुँदैछ ।
निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिनेले ७ लाख रुपैयाँ, महासचिवमा उम्मेदवारी दिनेले ६ लाख रुपैयाँ, सचिव र कोषाध्यक्षमा उम्मेदवारी दिनेले ५÷५ लाख रुपैयाँ, सहकोषाध्यक्षमा उम्मेदवारी दिनेले ४ लाख रुपैयाँ, महिला संयोजक, युवा संयोजक र क्षेत्रीय संयोजकमा उम्मेदवारी दिनेले साढे ३ लाख रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ ।
यस्तै, क्षेत्रीय उपसंयोजक, क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजकमा उम्मेदवारी दिन चाहनेले साढे २ लाख रुपैयाँ, क्षेत्रीयमहिला उपसंयोजक र क्षेत्रीययुवा उपसंयोजकमा उम्मेदवारी दिनेले २ लाख रुपैयाँ दस्तुर बुझाउनु पर्ने एनआरएनले जनाएको छ ।
निर्वाचन कार्यक्रम अनुसार पेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ र २७ मतदाता नामावली उपर दाबी विरोध गर्ने, मार्च २ मा दाबी विरोध माथि छानबिन गरि निर्णय गर्ने, मार्च ३ मा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने, मार्च ४ र ५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने रहेको छ ।
मार्च ६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने, माघ ६ र ७ गते उम्मेदवारको उम्मेदवारी विरुद्ध दाबी विरोध गर्ने, मार्च ८ मा उम्मेदवारको मनोनयनपत्रको जाँच र उजुरी उपर निर्ण गर्ने, मार्च ९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशित गर्ने, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रशान गर्ने र मार्च २१ र २२ मा मतदान गर्ने कार्यक्रम रहेको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments