
गृहमन्त्रीले सिडिओहरूलाई सोधे– कोभिडदेखि शान्ति सुरक्षासम्मको स्थिति के छ ?
- माघ २०, २०७८ मा प्रकाशित
काठमाडौं: गृहमन्त्री बालकृष्ण खाँणले १३ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र एकजना सहायक प्रमुख जिल्ला अधिकारीसँग कोभिड–१९, शान्ति सुरक्षा, कर्मचारीको स्थिति लगायतबारे जानकारी लिएका छन् ।
टेलिफोन कुराकानी गरेर खाणले बिहीबार बिहान प्रजिअहरू इन्द्रदेव यादव (सुनसरी) काशीराज दाहाल (मोरङ) छविलाल रिजाल (झापा), कृष्णबहादुर कटुवाल (बारा) धर्मेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही), चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया) र हीरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर) र नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग जानकारी लिएका हुन् ।
सहायक प्रजिअ बरालले गृहमन्त्री खाणले गरेको फोन कुराकानीले काम गर्दा सतर्कता अपनाउन र राम्रो काम गर्न प्रेरणा हुने बताए ।
‘गृहमन्त्रीज्यूले जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभयो’, सहायक प्रजिअ बरालले भने, ‘मन्त्रीज्यूले टेलिफोन गरेर यसरी जानकारी लिँदा काम गर्दा सर्तकता अपनाउन र राम्रो काम गर्न प्रेरणा हुन्छ ।’
कञ्चनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्यांकबारे जतिबेला पनि जानकारी राख्न सर्तक रहन सिकाएको बताए ।
‘सामान्यतया आन्तरिक विषयबस्तुमा महत्वपूर्ण घटना नभई अन्य गृहमन्त्रीज्यूहरूले टेलिफोन गरेको जानकारी थिएन । अहिले मन्त्रीज्यूले टेलिफोन गर्दा काम गर्न जोस, जागर र सर्तक रहन सिकाएको छ ।’
गृहमन्त्री खाणले प्रजिअहरूसँग जिल्लामा संक्रमणको स्थिति, नियन्त्रणका लागि चालिएको कदमसँगै शान्ति सुरक्षाबारे जानकारी लिँदै आएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments