
गुल्सन झालाई किन्न सात टोलीको तानातान, गोलाप्रथाबाट कर्णालीले पायो
- आश्विन २१, २०८१ मा प्रकाशित

काठमाडौं । सात टोलीले आँखा लगाएका राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर गुल्सनकुमार झालाई गोला प्रथाबाट कर्णाली याक्सले पाएको छ । काठमाडौंमा जारी अक्सनमा गुल्सन किन्न लुम्बिनीले भने पाएन । उसले यसअघि नै तीन श्रेणी ‘ए’ का खेलाडी किनिसकेको थियो । सात टोलीले उच्चतम १५ लाख खर्च गर्दा कर्णाली याक्स भाग्यमानी बन्यो । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा आयोजना गरेको अक्सनबाट सहभागी आठ टिमले समान १० जना खेलाडी खरिद गर्दैछन् । अक्सनको सर्ट लिष्टमा कूल १४२ खेलाडी छन् ।
१५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहँदा एक मार्की, चार विदेशी र एक ट्यालेन्ट हन्टबाट टिममा अनुबन्ध हुनेछन् । कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौं गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ सेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी हुन् । क्यानले यसअघि नै मार्की खेलाडीले २० लाख पाउने बताएको छ ।
एक टिमले १० खेलाडीका लागि बढीमा ९० लाख खर्च गर्न पाउने छन् । नियमानुसार श्रेणी ‘ए’ को २७ जना खेलाडीको न्यूनतम मूल्य १० लाख र उच्चतम १५ लाख रुपैयाँ हुनेछ । यदि उच्चतम मूल्यमा एकभन्दा बढी टिमले दाबी गरेमा गोलाप्रथाबाट खेलाडी कुन टोली जाने निर्धारण हुनेछ । ‘बी’ श्रेणीमा रहेका ३८ जना खेलाडीको न्यूनतम मूल्य पाँच लाख र उच्चतम मूल्य १० लाख छ । ७७ जना खेलाडी रहेको ‘सी’ श्रेणी खेलाडीको न्यूनतम दुई लाख र उच्चतम मूल्य पाँच लाख राखिएको छ । यता, विदेशी खेलाडी भने क्लबहरूले आन्तरिक सहमतिमै सम्झौता गर्न सक्छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments