
गुगलको नयाँ पिक्सेल स्मार्टवाच सार्वजनिक
- जेष्ठ ९, २०७९ मा प्रकाशित
गुगलले आफ्नो पहिलो स्मार्टवाच सार्वजानिक गरेको छ । यसको आफ्नो छुट्टै अपरेटिङ सिस्टम रहेको छ भने स्वास्थ्य र फिटनेसको जाँच गर्न फिटबिट हेल्थ ट्रयाकिङ फिचर पनि उपलब्ध गराइएको छ ।
गुगलले २०१९ मा फिटबिटलाई २.१ अर्ब डलरमा खरिद गरेको थियो । तर यो स्मार्टवाच एन्ड्रोइड डिभाइससँग मात्र कनेक्ट गर्न मिल्छ र फोर–जी सेवा सँग अनुकूल छ । नजिकै मोबाइल फोन नहुँदा पनि यसले आफैँ राम्ररी काम गर्न सक्छ । तर यसमा फोन र स्मार्टवाच एउटै नेटवर्कसँग जोडिएको हुनुपर्नेछ ।
कम्पनीले अहिलेसम्म यसको मूल्य भने सार्वजानिक गरेको छैन । एप्पल र सामसुङसँग कडा प्रतिस्पर्धामा रहेको गुगलले तुलनात्मक रुपमा ढिलो स्मार्टवाच ल्याएको हो ।
तरपनि गुगलको प्रणाली र फिटबिटको अतिरिक्त ‘एक्सपर्टिज’ ले यो उत्पादनलाई अरु भन्दा फरक बनाएको गुगल सेवाका वरिष्ठ अधिकारी रिक अस्टरलोह बताउँछन् ।
यसअघि पिक्सेलको स्मार्टवाच एप्पलका उत्पादनसँग पनि जोडर चलाउन मिल्ने खबर आइरहेको थियो जसलाई कम्पनीले त्यस्तो नहुने पक्का गरेको छ ।
गुगलले फिटबिटसँग सहकार्य गर्नु अगाडि युरोपेली आयोगको स्वीकृति प्राप्त गर्नु परेको थियो जसका लागि यसले विभिन्न प्रतिबद्धता कायम राख्नुपर्ने भएको हो । यसमा उनीहरुले फिटबिटले प्राप्त गर्ने स्वास्थ्य सम्बन्धी प्रयोगकर्ताका डाटालाई गुगलमा वा कुनैपनि रुपमा विज्ञापनका लागि प्रयोग नगर्ने वचन दिएका छन् ।
यसका साथै गुगलले दुई नयाँ पिक्सेल फोनबारे पनि घोषणा गरेको छ । पिक्सेल सिक्स–ए र प्रिमियम पिक्सेल सेभेन २०२३ को जुलाइमा विक्रीका लागि उपलब्ध हुने भनिएको छ । यसमा विशेषगरी एयरबड्स अपडेट गरिएको छ जसको ब्याट्री ११ घण्टासम्म टिक्न सक्ने बताइएको छ ।
गुगलको पिक्सेल फोनले विगतमा पनि राम्रो प्रतिक्रिया पाउने गरेको छ तर अझैपनि स्मार्टफोन बजारमा विशेष स्थान बनाउन सकेको छैन । -बीबीसीबाट

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments