
गिरिजा प्रसाद स्मृति हक्की प्रतियोगिता चैतमा
- फाल्गुन २३, २०७८ मा प्रकाशित
काठमाडौं: स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आगामी चैत महिनामा हुने भएको छ ।
विराटनगरको शहीद मैदानमा हुने तय भएको प्रतियोगिता ८ देखि १२ चैतसम्म हुने संयोजक रञ्जन थापाले जनाए । गत वैशाखमा हुने भनिएको प्रतियोगिता कोरोना माहामारीका कारण स्थगित भएको थियो ।
यसअघि २०७५ सालमा प्रतियोगिताको पहिलो संस्करण झापा तथा दोस्रो संस्करण २०७६ माघमा विराटनगरमा आयोजना भएको थियो । झापामा भएको प्रतियोगिताको पहिलो संस्करण गण्डकी प्रदेशले जितेको थियो ।
विराटनगरमा भएको दोस्रो संस्करणको रोमान्चक फाइनलमा लुम्बिनी प्रदेशले अघिल्लो संस्करणको विजेता गण्डकी प्रदेशलाई पेनाल्टी सुटमा ५-३ गोलले पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगदसहित ट्रफीले पुरस्कृत गरिने नेपाल हक्की संघले जनाएको छ । नेपाल हक्की टोली हाल विश्व वरीयतामा ८२औं स्थानमा छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments