
‘गाजा मानवताको सबैभन्दा अन्धकार समयमा पुग्यो’
- मंसिर २०, २०८० मा प्रकाशित

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजापट्टी मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको बताएको छ । प्यालेस्टिनी क्षेत्रमा मंगलबार सञ्चारकर्मीसँगको कुराकानी गर्दै डब्लूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले गाजापट्टीको स्थिति झन् झन् बिग्रिँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।
‘स्थिति प्रत्येक घण्टा बिग्रिँदै गइरहेको छ । यहाँ दक्षिणी इलाकासहित चारैतिर तीव्र बमबारी भइरहेको छ । धेरै मानिस हतास छन् र करिब सबै मानिस आघातको अवस्थामा छन्’, उनले भने, ‘हामी मानवताको सबैभन्दा अन्धकार घडीको नजिक छौँ । यो बमबारी र जीवनको मूर्खतापूर्ण क्षति रोकिनु पर्छ ।’ उनले अब दिगो युद्धविराम आवश्यक रहेको बताए ।
हमासको लडाकू समूहले अक्टोबर ७ मा गरेको हमलापछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । बन्धक सबैलाई मुक्त गर्ने र हमासलाई समाप्त पार्ने बताउँदै आएको छ । हमासको हमलामा इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार २०० को मृत्यु भएको थियो । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्धमा गाजामा करिब १५ हजार ९०० जना मारिएको बताएको छ । इजराइली सेनाले मंगलबार दक्षिणी गाजामा हमास लडाकूसँग युद्ध शुरु गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments