
गाजाको अस्पतालमा रकेट आक्रमण, पाँच सय बढीको मृत्यु
- कार्तिक १, २०८० मा प्रकाशित
एजेन्सी । गाजाको एक अस्पतालमा इजरायली सेनाले हवाई आक्रमण गर्दा पाँच सय बढीको मृत्यु भएको गाजाको स्वास्थ्य विभागले दाबी गरेको छ । तर बीबीसी इन्टरनेशनलका सम्पादक जेरेमी बोवेनसँग इजरायली सेनाका प्रवक्ताको कार्यालयले अस्पतालमा आक्रमण गर्ने आफूहरूको कुनै उद्देश्य नरहेको बताएको छ ।
‘अस्पताल एकदमै संवेदनशील क्षेत्र हो र इजरायली सेनाले त्यहाँ कुनै निशाना लगाएको छैन । विष्फोटको स्रोतबारे सेनाले अनुसन्धान गरिरहेको छ’, इजरायली सेनाको कार्यालयले भनेको छ । इजरायली सेनाले अल अहली अस्पतालमा भएको यो हमला प्यालेस्टाइनी लडाकुहरूले प्रहार गरेको रकेटको परिणाम हुन सक्ने पनि बताएको छ ।
गाजास्थित हमासको मिडिया कार्यालयले आक्रमणलाई ‘युद्ध अपराध’ भनेको छ । ‘गाजामा इजरायली हमलापछि अस्पतालमा सयौँ बिरामी, घाइते र घरबारविहीनहरू थिए । सयौँ पीडितहरू भग्नावशेषमा दबिएका छन्’, हमासको विज्ञप्तिमा भनिएको छ ।
बीबीसीका मध्यपूर्व संवाददाता टम ब्याटम्यानले अल अहली अरब अस्पतालबाट आएका तस्वीरहरू डरलाग्दा र भयावह रहेको बताएका छन् । उनकाअनुसार सडक बाहिर शव र क्षतिग्रस्त सवारी साधनहरू देखिन्छन् । आक्रमणबाट बच्न अस्पतालको हलमा शरण लिएको स्थानीयले बताएका छन् । बीबीसीले अस्पतालका डाक्टरसँग कुरा गर्दा त्यहाँ करिब चार हजार मानिसहरूले आश्रय लिएको जानकारी दिइएको छ ।
अहिले अस्पतालको ८० प्रतिशत सेवा प्रभावित भएको र विष्फोटमा सयौँको ज्यान गएको एक डाक्टरले बताएका छन् । प्यालेस्टाइनी सञ्चारमाध्यमका अनुसार प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले अस्पतालमा भएको आक्रमणपछि तीन दिनको शोकको घोषणा गरेका छन् । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन् ।’डब्लूएचओ अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ । प्रारम्भिक जानकारीले सयौँ मानिस घाइते र मारिएका छन् । हामी नागरिकको तत्काल सुरक्षा र स्वास्थ्य सेवामा पहुँचको माग गर्दछौँ’, उनले भनेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments