
गाउँमा दशैंसँगै खसी चोरको बिगबिगी
- आश्विन ६, २०७९ मा प्रकाशित
इटहरी । विराटनगरको हाइवे लाइनमा एउटा मोटरसाइकल ग्यारेज छ । उक्त ग्यारेजमा नयाँ पसल्सर मोटरसाइकल सहित एक युवक आए । जानेमानेका ति ग्यारेज वालाले भने, ‘हेर्नु न यसले खसी चोर्दै, विराटनगर ल्याएर बेच्छ, यसले त नयाँ पल्सर नै किनिसकेछ ।’नभन्दै छेउमा आएपछि ग्यारेजवालाले ती युवलाई भने ‘ओ भाई आज कतिवटा बेचियो ?, गाउँतिर खसी हराएर चौपट छ भन्छन्, तिमीलाई त मालामाल होला नि होइन ।’ ती युवकले भने, ‘अलिअलि चल्दैछ, दशैंमा खसी भेटिन्छन् पनि बेचिन्छन् पनि ।’
ग्यारेज वालाले भने म तिर फर्किएर ती युवकले सुन्ने गरी भने, ‘यो मान्छेले खसी चोर्दै सस्तोमा विक्री गर्छ,’ मैले ति युवकलाई सोधें, ‘हो ? ।’ युवक ङिच्च हाँस्यो । मैले फेरि थपें, ‘कतिमा बेचिन्छ हौं चोरेको खसी ?,’ उसले भन्यो, ‘२ हजारदेखि ५ हजारसम्ममा विक्री गर्छु ।’ दशैंको मुखमा १५ हजार, २० हजारमा पनि नपाउने खसी ५ हजारमा पाउँदा नकिन्ने को नै होलान् र !
विराटनगरमा खसी चोरको कुरा सुनेर मोरङको कानेपोखरी ५ पुगेको मलाई स्थानीय जनताले भने, ‘सर खसी चोरी भएर हैरान भयो, लौ न चोर पनि भेटिँदैन, प्रहरीले सक्रियता पनि देखाउँदैन ।’
कानेपोखरी ५ का दिपक सुवेदीले दिएको जानकारी अनुसार १५ दिनको बीचमा ४ वटा खसी चोरी भएको छ । कानेपोखरी ५ का ऋषि सुवेदी घरको खसी चोरी भएको दुई दिनपछि सोही ठाउँका योगेन्द्र कार्कीको २५ किलोको खसी पनि चोरी भयो ।त्यही समयमा छत्रबहादुर खड्काको घरमै रहेको टाट्नामा बाँधेको खसी पनि चोरी भयो । ‘चोरले खसीसँगै झर्के थाल, झर्के लोटा पनि लगेका छन्,’ सुवेदी बताउँछन्, ‘रातको १२ बजेतिर चोर आउने गरेको छ, दिउँसै पनि चोरी हुन थालेको छ ।’
सोही ठाउँका राजकुमार तामाङका अनुसार खेतमा काम गर्न गएको बेला साइकलको हेण्डिलको सहाराले ताला फोडेर कानेपोखरी ५ कै सूर्यकुमार श्रेष्ठको घरबाट ७ हजार नगदसहित चोरी भयो । ‘सूर्यकुमार श्रेष्ठको घरबाट ७ हजार रुपैयाँ नगदसहित चोरी भयो,’ तामाङले भने, ‘केही देख्नै नहुने भयो, खसी मात्रै होइन सानातिना कुरा पनि चोरी भइरहेको छ ।’
चोरको बिगबिगी भएपछि स्थानीयले बेलुका साँझ परेदेखि बिहान ६ बजेसम्म गस्ती गरिरहेका छन् । ‘साह्रै दुःख भयो, बेलुका साँझ परेदेखि बिहान ६ बजेसम्म गस्ती,’ सुवेदीले भने, ‘प्रहरीलाई पनि जानकारी दिएको छ, आफैं गस्ती गर्नु भन्छन्, प्रमाण पाए मान्छे देखे हुलिया बताउनु भन्छ ।’ त्यहाँका स्थानीयले कानेपोखरी २ को ढिकुवा डाँगीमा खसी चोरी भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शान्तिराम कोइरालाले विराटनगरबाट एक जना खसी चोर पक्राउ परेको जानकारी दिए । ‘हामीले एउटालाई चाहिं पक्रेर मुद्दा चलाइरहेका छौं,’ कोइरालाले भने, ‘जिल्लामा फाट्टफुट्ट खसी चोरी भएको विषयमा रिपोर्ट आइरहेको छ ।’ उनले कानेपोखरी लगायतका ठाउँमा खसी चोरको निगरानी गरिने पनि बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments