
गण्डकीको लाइफलाइन डेढगाउँ-झ्यालवास सडक निर्माण सुरु, ८ कराेड बजेट
- फाल्गुन ११, २०७८ मा प्रकाशित
पोखरा: गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको कोरला-सुस्ता सडक खण्ड अन्तर्गत डेढगाउँ-झ्यालबास सडक खण्डको निर्माणकाे काम सुरु भएको छ ।
नवलपुर जिल्लामा पर्ने उक्त खण्डको मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्यास गरे । १४ किलोमिटर लामो सडक निर्माण भएपछि तनहुँको भीमाददेखि नवलपुरसम्म छिचोल्नेछ ।
भीमाद–त्रिवेणीको ९४ किलोमिटर सडकमध्ये दुम्कीबासबाट त्रिवेणीसम्मको १५ किलोमिटर भने अहिलेसम्म ट्रयाक पनि खुलेको छैन ।
शिलान्यास भएको सडक २ लेनमा विस्तार हुनेछ । कालोपत्रे सहितको चौडाई १० मिटर हुने पूर्वाधार कार्यालय नवलपुरका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । यसको कुल लागत ५१ करोड अनुमान छ । ३० महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भैसकेको उनले बताए ।
प्रदेश सरकारले कार्यान्वयन गर्ने उक्त आयोजनाका लागि चालू वर्षमा ८ करोड विनियोजन भएको भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले जानकारी दिए ।
‘यो बहुवर्षीय योजना हो । पुरै पैसा प्रदेश सरकारले लगानी गरेको छ । खर्च गर्न सके अझै बजेट थप्ने छौं,’ उनले भने, ‘प्रदेशको मेगा प्रोजेक्टको रुपमा यो बाटोलाई लिएका छौं । जसरी पनि पूरा गर्नुपर्छ भन्नेमा हामी दृढ छौं ।’ यो सडक निर्माण सकिएपछि तनहुँको मानपुर जोडिने छ । मानपुरदेखि भीमादसम्मको खण्डमा पनि काम अघि बढिसकेको छ । ट्रयाक खुल्न बाँकी रहेको त्रिवेणी क्षेत्रलाई संघ सरकारले डीपीआर बनाउन स्वीकृति दिएको छ ।
‘त्रिवेणीमा वनले रोकेको थियो । हामी नै गएर त्यो फुकाएर आयौं । डीपीआर बन्ने क्रममा अघि बढिसक्यो,’ खड्काले भने । सडक शिलान्यासपछि मुख्यमन्त्री पोखरेलले लामो समयको अन्योल चिरेर विकासले गति लिएको बताए । ‘भीमादबाट नवलपुरको मुख्य राजमार्ग जोड्न कुन बाटो बनाउने भन्ने अन्योल थियो । हामीले डेढगाउँ–झ्यालवास रोजेर बजेट छुट्यायौं,’ उनी भन्छन्, ‘अब त शिलान्यास नै भएको छ । काम तीब्र गतिमा हुन्छ ।’ उनले नवलपुरको पहाडी भेगको विकासका लागि प्रदेश सरकारले विशेष प्याकेज बनाउने बताएका छन् ।
एउटा बाटो शिलान्यास गर्न ४ मन्त्री
डेढगाउँ–झ्यालबास सडक शिलान्यासका लागि प्रदेशका चार जना मन्त्री पुगेका छन् । मुख्यमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्रीसहित पर्यटनमन्त्री मणिभद्र शर्मा र आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले संयुक्त रुपमा बाटोको शिलान्यास गरेका हुन् । लाइफलाइन अन्तर्गत कोरलादेखि पोखरासम्म सडक सञ्चालनमा आईसकेको छ । पोखराबाट भीमादसम्म पनि कुनै समस्या छैन । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments