
खोटाङमा स्ववियु निर्वाचनको नमुना मतदान
- फाल्गुन ९, २०७८ मा प्रकाशित
खोटाङ: एमाले निकट अनेरास्ववियु खोटाङले स्ववियु निर्वाचनको नमुना मतदान गरेको छ । लामो समयदेखि हुन नसकेको स्ववियुको निर्वाचनका विषयमा विद्यार्थीको मत सर्वेक्षणका लागि अनेरास्ववियुले दिक्तेल बहुमुखी क्याम्पसमा सोमबार नमुना मतदान गरेको हो । नमूना मतदानमा २७८ मत खस्दा २१८ मत स्ववियु निर्वाचनको पक्षमा खसेको छ । यस्तै, स्ववियु निर्वाचनको विपक्षमा ४७ मत खसेको छ । १३ मत बदर भएको अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन संग्रामले बताए ।
हरेक त्रिभुवन विश्व विद्यालयमा तत्काल स्ववियु निर्वाचन गर्नुपर्ने पक्षमा दबाब सिर्जना गर्नका लागि अनेरास्ववियुले नमुना मतदान गरेको हो । लामो समयदेखि त्रिवि र मातहतका क्याम्पसमा स्ववियु रिक्त हुँदा क्याम्पसमा स्वेच्छाचारिता बढेको, विद्यार्थी र क्याम्पसबीच पुलको काम गर्ने संयन्त्रको अभावमा विद्यार्थीले समस्या झेल्नु परेकाले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने अनेरास्ववियुका अध्यक्ष संग्रामले बताए ।
‘लामो समयदेखि स्ववियुको निर्वाचन हुन सकेको छैन । स्ववियु निर्वाचन नहुँदा क्याम्पस स्वेच्छाचारी बन्दै गएको छ । विद्यार्थी र क्याम्पसबीच पुलको अभाव छ । विद्यार्थीले थुप्रै अप्ठ्यारा खेप्नु परिरहेको छ । कतिपय विद्यार्थीलाई स्ववियुकाबारेमा जानकारी नै छैन,’ अध्यक्ष संग्रामले भने, ‘स्ववियु निर्वाचन नभएका कारण ग्रामीण भेगका कति विद्यार्थीले अप्ठ्यारो खेपिरहेका रहेछन् ? कति विद्यार्थीले स्ववियु निर्वाचन चाहन्छन् भन्ने तथ्यांक निकालेर त्रिवि र अन्य निकायमा पठाउन मत सर्वेक्षण गरिएको हो ।’
बालिग मताधिकार प्राप्त विद्यार्थीलाई आसन्न स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन तथा स्ववियु निर्वाचनमा मत हाल्ने अभ्यासका रुपमा समेत नमुना मतदान आयोजना गरिएको अनेरास्ववियुले जनाएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments