
खोटाङमा कोरोना संक्रमितको संख्या ५७ मा झर्यो
- फाल्गुन ३, २०७८ मा प्रकाशित
खोटाङ: खोटाङमा कोभिड-१९ बाट संक्रमितको संख्या ५७ मा झरेको छ । मंगलबार थप नाै जना संक्रमणमुक्त भएसँगै संक्रमितको संख्या ५७ मा झरेको हो । पछिल्लो साता दिनानुदिन संक्रमितको संख्या घटिरहेको छ ।
मंगलबार २० जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनालाई मात्र संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए । सक्रिया संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् ।
कोरोना संक्रमणको पहिलो, दोस्राे र तेस्राे लहरमा गरी हालसम्म तीन हजार ४६४ जनालाई संक्रमण पुष्टि भएकाेमा निको हुनेको कुल संख्या तीन हजार ३६३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म एक लाख १६ हजार ६८९ जनाले पहिलो मात्राको र ६७ हजार २९ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड-१९ को पहिलो र दोस्राे लहरमा १५ जनाले ज्यान गुमाएका थिए ।
महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित सात अस्पतालमा २३४ बेड तयारी अवस्थामा राखिएकाे छ । यस्तै, एक थान भेन्टिलेटर, सातवटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments