
खेलकूदका माध्यमबाट युवाहरुलाई सहयोग गर्ने नेतृ चौधरीको प्रतिबद्धता : स्वरोजगार हुनेहरुलाई सहुलियत कर्जा
- आश्विन ११, २०७९ मा प्रकाशित
इटहरी । नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरीले खेलकुदको माध्यमबाट मुलुकलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन आफु सदैव लागिपर्ने बताएकी छिन् । सुनसरी निर्वाचन क्षेत्र नं. ३ को बर्जु गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै चौधरीले विद्यालय तहबाटै खेलकुदको विकास र खेलाडी उत्पादनमा जोड दिए दक्ष खेलाडी उत्पादन हुने बताइन् ।
स्थानीय तहका सरकार र जनप्रतिनिधिहरुले पनि खेलकुदको विकासमा सहयोग गर्नुपर्ने जनाउँदै चौधरीले स्थानीय तथा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न, खेलकुदको माध्यमबाट युवाहरुलाई प्रोत्साहन दिन आफु सदैव सकारात्मक रहेको पनि बताइन् ।
नेतृ भगवती चौधरीले स्थानीय तहमा युवा स्वरोजगारका कुराहरु समेट्ने गरी काम गर्न सुझाउँदै बरु स्वरोजगार हुनेहरुलाई सहयोग गर्ने, सहुलियत कर्जा लिइदिने बताइन् । स्थानीय तहमा उत्पादित सामग्रीको प्रवद्र्धन र ब्राण्डिङ गर्ने सवालमा लघु उद्योग धन्धा गर्नेहरुलाई प्रोत्साहन पनि गर्ने बताइन् । एउटा स्वच्छ र स्वस्थ नागरिकको उत्पादनमा शारिरीक तथा मानसिक विकासको महत्वपूर्ण भूमिका रहेको पनि नेतृ चौधरीले बताइन् ।
सो अवसरमा नेपाल खेलकुद महासंघ बर्जु कमिटीको प्रथम ऐतिहासिक प्रथम सम्मेलन सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments