
खाेटाङमा ‘एक वडा, एक खेल मैदान’ को योजना अलपत्र
- चैत्र १९, २०७९ मा प्रकाशित

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला) को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनर्निर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ ।जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानलाई स्तरोन्नति गरेर रङ्गशाला बनाउने गरी आह्वान गरिएको ठेक्का आशीर्वाद–मोहन एन्ड व्यासीगाउँ–इन्द्रलक्ष्मी जेभीले लिएको छ ।
प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा सम्पन्न गर्ने रु दुई करोड ९६ लाख ४१ हजार चार सय ९५ ठेक्का सम्झौता भएको निर्माणाधीन रङ्गशालामा ढेड महिनादेखि ठेकेदार कम्पनीले कुनै पनि काम गरेको छैन । सुरुआती चरणमै काम नभएपछि प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले ठेकेदार कम्पनीलाई पठाएको पत्रमा समयमै निर्माण सुरु नगरी सम्झौतामा उल्लेखित समयभित्र कार्य सम्पन्न नभएमा कार्यालयबाट म्याद थप नहुने उल्लेख गरिएको छ ।
नगरपालिकाले ठेकेदार कम्पनीलाई लेखेको पत्रमा निर्माणसम्बन्धीको मासिक प्रगति विवरण पेस गर्नसमेत भनिएको छ । रङ्गशालाको काम गर्दागर्दै ठेकेदारले बिना कारण काम रोकेर अलपत्र छाडेको स्थानीय बासिन्दाले बताएका छन् ।योजनाको सम्झौताबमोजिम पहिलो किस्ता पेश्की भुक्तानी भइसकेको तर निर्माण सुरु नभएको जनाउँदै नगरपालिकाले समयमै योजना सम्पन्न हुनेमा विश्वास गर्न सकिने अवस्था नभएको जनाएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा एकमात्र माटिकोरे खेल मैदानलाई रङ्गशालाको रूप दिने गरी काम सुरु गरिएको थियो ।विसं २०८१ वैशाख २९ गतेसम्ममा सम्पन्न गर्ने गरी विसं २०७९ असार २९ गते सम्झौता गरिएको रङ्गशाला निर्माणका लागि भन्दै केही दिन स्काभेटर र टिपर निर्माणस्थल लगिएको थियो । अहिले निर्माणस्थलमा कुनै पनि औजार नरहेको जनाइएको छ । जिल्लाका दशवटै स्थानीय तहले खेलमैदान निर्माणको काम सुरु गरे पनि अहिलेसम्म कुनै पनि सम्पन्न भएको छैन । जिल्लाका हरेक स्थानीय तहले ‘एक वडा, एक खेलमैदान’को अवधारणसहित खेल मैदान निर्माणको काम सुरु गरेको थियो ।
जिल्लामा व्यवस्थित खेलमैदान नहुँदा करिब छ महिना खेलकुदका गतिविधि समेत शून्य जस्तै हुने गरेको छ । खेल मैदान अभावमा स्थानीय युवा तथा फुटबल क्लबहरूले हिउँदको समयमा खुला चौरमा खेलकुदका गतिविधि सञ्चालन गर्दै आएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सोल्मा स्पोर्टस् क्लबले मात्र अहिलेसम्म मापदण्डअनुसारको खेलमैदान निर्माण गरेको छ । ठूलो धनराशि खर्च भए पनि बुइपामा निर्माणाधीन खेल मैदान अझै सञ्चालनमा आउन सकेको छैन ।
केपिलासगढी गाउँपालिकामा निर्माणाधीन बाक्सिला खेलमैदानसमेत अलपत्र अवस्थामा छ । वडा नं ४ बाक्सिला बजारका स्थानीय छ जना दाताले निःशुल्क उपलब्ध गराएको रु ४६ करोड बढी मूल्यको जग्गामा प्रदेश सरकार तथा गाउँपालिकाको लगानीमा खेल मैदान निर्माण सुरु गरिएको हो ।
पाँच वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको बाक्सिला खेल मैदान अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड रहने निर्माण उपभोक्ता समितिले जनाएको थियो । प्रतियोगिता भएको समयमा कम्तीमा पनि ५० हजार बढी दर्शक बस्न सक्ने गरी प्यारापिट बनाउने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments