
खाेटाङकाे जंगलमा लागेकाे डढेलाे मानव वस्ती पस्दा २ घर नस्ट : १३ परिवार संकटमा
- फाल्गुन ६, २०७९ मा प्रकाशित
खाेटाङ । डढेलो गाउँ पसेर घरमा आगलागी हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित डाँडाखर्कका बक्तबहादुर बस्नेतको १३ जनाको परिवार बिचल्लीमा परेका छन् । जङ्गलबाट आएको आगोले दुई घर, घरमा भएका लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद रु एक लाख, चार तोला सुन, दुई तोला चाँदी, गुवालीमा राखिएको गाईको एउटा बाछी र एउटा बाख्रा जलेर नष्ट भएको छ ।
स्थानीय आमकासुकसे सामुदायिक वनमा लागेको डढेलोको आगो हावाहुरीले उडाएर छानामा पु¥याएपछि बुधबार साँझ बस्नेत परिवारको घर जलेको स्थानीय बासिन्दाले बताएका छन् । आगलागीमा बस्नेत परिवारको रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।
आगलागीपीडित बस्नेत परिवार अहिले छिमेकी गणेश कार्कीको घरमा आश्रय लिएर बसिरहेका छन् । आगलागीपीडित बस्नेत परिवारका लागि सम्बन्धित निकायले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ । आगलागीमा बस्नेतको स्कुल पढ्दै गर्ने छोराछोरीको पुस्तक, कापी, कलम तथा विद्यालय पोशाकसमेत जलेर नष्ट भएको स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र)का नेता तामन राईले जानकारी दिनुभयो ।
“आगलागीपीडित बस्नेतको श्रीमती, छोराबुहारी र नातिनातिनी गरी १३ जनाको संयुक्त परिवार छन्”, उहाँले भन्नुभयो, “बाँदरले खाइदिने डरले सबै अन्नपात घरभित्र राख्ने गरेका थिए । जङ्गलबाट उडेर आएको आगोले घरै जलेपछि बिचल्लीमा परेका छन् ।”
आगलागीपीडित परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले रु १० हजार सहयोग रकम उपलब्ध गराएको छ । कोषका हलेसी प्रतिनिधिमार्फत वडाका जनप्रतिनिधिको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको जिल्ला सचिव युगशन किराँतले जानकारी दिनुभयो ।
आगलागी पीडित बस्नेत परिवारलाई नगरपालिकाको तर्फबाट तत्कालका लागि करिब दुई महिना पुग्ने खाद्यान्नसहित अत्यावश्येक सामग्री उपलब्ध गराइएको उपप्रमुख रमेशकुमार राउतले जानकारी दिनुभयो । तत्कालका लागि छिमेकीकामा बसाइएका बस्नेत परिवारलाई पुनःस्थापित गर्न नगरपालिकाले सहयोग गर्ने जनाइएको छ ।
आगलागीपीडित बस्नेत परिवारको सहयोगका लागि राहत सङ्कलन समिति गठन गरेर अभियान सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ । आगलागीपीडित परिवारको घर अभेगमा रहेकाले पनि समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments