
खाल्डाेकाे जाममा फसेकि श्रीमती लिन गएका श्रीमान त्यहि खाल्डाेमा परेर मृत्यु
- जेष्ठ २८, २०७९ मा प्रकाशित
चितवन । मृत्युको संयोगपनि कस्तो हुन्छ ? सोच्दापनि र सुन्दापनि जो कोहीलाई सोच्न बाध्य बनाउँछ ।मुग्लिन–आँबुखैरेनी सडकखण्डको साँखरमा शुक्रबार बिहान सडक भासिँदा त्यस आसपास सबै सडक अवरुद्ध भए ।
ठूलो जाममा फसेपछि श्रीमतीले जाममा परे बाईक लिएर लिन आउँनुन भनेर श्रीमानलाई भन्नुभयो ।श्रीमान् ओछ्यानबाट जुरुक्क उठेर बिहानै श्रीमती लिन बाईक तिव्र गतिमा हुईक्याउनुभयो । उहाँ त्यही खोलासम्म परेको सडकको खाल्डोमा पर्नुभयो ।
श्रीमतीलाई भेट्न नपाउँदै उहाँको ज्यान गयो ।यो मुग्लिन–आँबुखैरेनी सडकखण्डको साँखरमा शुक्रबार बिहान सडक भासिँदा दुई जनाको मृत्यु भएका मध्येका एक जनाको अन्तिम विदाईको वास्तविकता हो । मृत्यु भएका दुबैको पहिचान खुलेको छ।
गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राक स्थायी घर भई तनहुँको आँबुखैरेनीमा बसोबास गर्दै आउनुभएका ३५ वर्षीय केशव घिमिरेको पहिरोमा परेर मृत्यु भएको पुष्टि भएको छ ।सडक भासिएसँगै बा१०च ४६७९ नम्बरको कार, ग३३प १०८१ नम्बरको मोटरसाइकल र बा१५प २९५३ नम्बरको स्कुटर मर्स्याङ्दी नदीमा खसेको थिए ।
बा१५प २९५३ नम्बरको मोटरसाईकल सवार घिमिरे आँबुखैरेनीमा इलोक्ट्रोनिक्स पसल चलाउँनुहुन्थ्यो । चितवन जानुभएकी श्रीमती जाममा परेपछि लिन भन्दै शुक्रबार उज्यालो नहुँदै घिमिरे मोटरसाइकलमा मुग्लिनतर्फ जानुभएको थियो ।
मुग्लिन पुग्न नपाउँदै साँखरमा सडक भासिँदा मोटरसाइकलसहित उहाँ त्यही श्रीमतीलाई जाममा रोक्ने खोलासम्म परेको सडकको खल्डोमा पर्नुभयो ।उहाँको शव आज बिहान सुरक्षाकर्मीले मर्स्याङ्दी नदी किनारमा फेला पारेका हुन्। घिमिरे सवार ग १५ प २९५३ नम्बरको मोटरसाइकल अझै फेला परेको छैन। सडक भासिएर मर्स्याङ्दी नदीमा पुगेको थियो।
आफन्तका अनुसार घिमिरेकी श्रीमती माइत जानुभएको थियो । उहाँको माइत चितवन हो। चितवनबाट फर्कँदै गर्दा जाममा परेपछि उहाँले श्रीमानलाई बोलाउनुभएको थियो ।
श्रीमतीले एक कम्पनीमा विहिबार मात्रै नाम निकाल्नुभएको थियो । त्यसैका लागि उहाँ चितवन जानुभएको थियो । श्रीमानसँग सँगै बसेर खुशी साट्ने उहाँको धोको अधुरै रह्यो ।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले मृतक घिमिरेकी श्रीमती सम्पर्कमा आइसकेको बताउनुभयो ।
‘उहाँको श्रीमती सम्पर्कमा आइसक्नुभएको छ। उहाँलाई नै लिन केशव मुग्लिनतर्फ जाँदा सडक भासिएर परेको भन्ने बुझिएको छ,’ उहाँले भन्नुभयो, ‘धेरै कुरा हामीले सोध्न सकेका छैनौं, उहाँ भन्न सक्ने अवस्थामा पनि हुनुहुन्न।’
घिमिरेको शव पोस्टमर्टमका लागि दमौली अस्पतालमा राखिएको छ। सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार पनि पुरिएको छ। प्रहरीका अनुसार सिल्भर कलरको बम्फरसहितको कारको टुक्रा फेला परेको छ, कार भने भेटिएको छैन।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments