
खार्शालाकाे नक आउट फुटवल प्रतियाेगिता : भवानीपुरलाइ हराउदै चौतारीले उचाल्यो उपाधी
- भाद्र ३०, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरी २० तरहरास्थित खार्शाला युवा स्पोर्टिङ क्लबले इतिहासमा पहिलो पटक खुल्ला नकआउट फुटवल प्रतियोगिता बिहीबार भब्यताका साथ सम्पन्न गरेको छ । बिहीबार तरहराकै बहुभाषि बिद्यालयकाे खेल मैदानमा सम्पन्न फाइनल खेलमा भवानीपुर फुटवल क्लबलाइ एकका बिरूद्ध २ गोल गर्दै चौतारी फुटबल क्लबले उपाधी जितेको छ ।
खेल सुरू भएको पहिलो हाफ अन्तरगत ६ मिनेटमै भवानीपुरका जर्शि नं १७ का सन्देश राइले एक गोल गरी आफ्नो टिमलाइ अग्रता दिलाएका थिए । दोश्रो हाफ पछि कमजोर बनेको भवानीपुरलाइ खेलको ५५ औ मिनेटमा चौतारीका जर्सि नं ७ असिम राइ र खेलको ५७ औ मिनेटमा चौतारिकै जर्सि नं ६ का पुजन चौधरीले दोश्रो गोल गर्दै टिमलाइ बिजयी तर्फ मोडेका थिए ।

खेलमा बिजेता बनेको चौतारी फुटवल क्लब्लाइ नगद रू ५० हजार ट्रफि , मेडर प्रमाणपत्र बितरण गरिएको थियो भने उपबििजेता भवानीपुर फुटवल क्लबलाइ नगद रू २५ हजार , ट्रफि , मेडल र प्रमाणपत्र बितरण गरिएको थियो । खेलको म्यान अफ दि सिरिज चौतारीका असिम राइ घोषित भए उनले नगद रू ५ हजार प्राप्त गरे भने उत्कृस्ट गोल रक्षक चौतारीका प्रज्वल श्रेष्ठ घोषित भए । उनले नगद रू ३ हजार र एक जोर पञ्जा प्राप्त गरे ।त्यस्तै खेल सुरू भए देि हाल सम्म सबै भन्दा बढी गोल गर्ने धरानका मदन लाबुङ भए उनले नगद रू ३ हजार प्राप्त गरे त्यस्तै बिहीबार सम्पन्न फाइनल खेलको म्यान अफ दि म्याच चौतारीका पुजन चौधरी भए उनले नगद रू एक हजार प्राप्त गरे ।

कार्यक्रम क्लबका अध्यक्ष राजा बिष्टको सभापतित्वमा सम्पन्न भएको थियो भने इटहरी उपमहानगर वडा नं २० का वडाध्यक्ष मणिराम श्रेष्ठ प्रमुख अतिथी रहेका थिए । कार्यक्रमलाइ दिनको एक बजे देखि साझ ६ बजे सम्म क्लबका सचिव धिरज पुरीले सकृिय रपमा सञ्चालन गरेका थिए । अनुसाशन , बिकाश र गतिशिलता भन्ने मुल नाराका साथ स्थापित खार्शाला युवा स्पोर्टिङ क्लबले खेलकुद संग संगै बिभिन्न सामाजिक कामहरूमा पनि सकृिय रहदै आएको क्लबका सल्लाहाकार प्रदिप पुरीले बताए । त्यस्तै टोल सरसफाइ देखि बिभिन्न क्षेत्रमा पनि क्लबले बिशेष योग्दान दिदै आएको अर्का सल्लाहाकार बिकाश घिमिरेले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments