
खानेपानीको चरम समस्या र बदेलको आतङ्क झेल्न नसकेपछि रित्तीयाे खाेटाङकाे याे गाँउ
- पुष १२, २०८१ मा प्रकाशित

खोटाङ । गाउँ उराठ लाग्दो भएपछि अहिले सूर्यबहादुर निरौलाको परिवार गाउँ छाड्न तम्तयार छ । खानेपानीको चरम समस्या र जङ्गली जनावार बदेलको आतङ्क झेल्न नसकेर निरौलाका छिमेकीहरुले यस अघिनै गाउँ छाडिसकेका छन् ।
खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीको कोटगाउँमा केही वर्ष अघिसम्म १७ परिवार थिए । अहिले चार घर परिवार मात्र उक्त गाउँमा बाँकी रहेका छन् । तीन–चार परिवारमध्येका एक हुन् सूर्यबहादुर निरौला । केही वर्ष अघिसम्म बारीमा सिजन अनुसार मकै, कोदो, जुनेलो, मास लगायतका बाली लगाउथे, कोटगाउँवासीले । अहिले गाउँ भरीको पुरै बारी बाँझो छ । केही बारीहरु बनमराले घारी भइसकेका छन् भने घरहरु भग्नावशेष अवस्थामा छन् । हराभरा देखिने कोटगाउँ अहिले उराठ लाग्दो भएको छ ।
बस्तु, बाख्रा पालेर बसेका चार परिवार पनि त्यो गाउँ छाड्नु पर्छ भन्ने निष्कर्षमा पुगेका छन् । यसको मुख्य कारण हो, जङ्गली जनावार बदेल आतङ्क । बारीमा लगाएको सबै बाली बदेलले नष्ट गरिदिएपछि अहिले बाली लगाउन छाडिएको निरौला बताउनुहुन्छ ।
बदेलले सबै बाली भाँचेर, कोतारेर, उदिनेर नष्ट बनाएपछि बाली लगाउन छाडिएको उहाँको भनाइ छ । पहिलेदेखि खानेपानीको चरम समस्या भोगिरहेका कोटगाउँवासीले बदेल आतङ्क पनि थेग्न नसकेपछि गाउँ नै छाड्न बाध्य भएको उहाँको भनाइ छ ।
करिब ६÷७ वर्ष अघि बदेलका स–साना बच्चाहरु गाउँमा देखिएका थिए । हाल उक्त बदेल ठुला भएपछि गाउँमा आतङ्क मच्चाउन थालेका हुन् । करिब १८÷१९ वटा बदेल रातको समयमा हुल बनेर गाउँ छिर्ने गरेको निरौलाको भनाइ छ । सुरुमा कुन जनावार भनेर थाहा नपाएका गाउँलेले पछि बदेल रहेको पाइएको निरौलाले बताउनुभयो ।
“करिब सात वर्ष अघितिर साना साना सुँगुरका पाठा जस्ता जनावार जङ्गलमा देखिएका थिए, पछि ठुलो हुँदै गए अनि गाउँ छिरेर बाली नष्ट गर्न थाले ।” निरौलाले भन्नुभयो, “राति गाउँ छिरेर सबै बाली नष्ट गर्न थालेपछि छिमेकीहरुले गाउँ छाड्नु भयो, अब केही अन्नबाली नहुने गाउँमा हामी पनि बसेर हुँदैन भन्ने सोँचमा पुगेका छौँ । बाँकी रहेका चारै परिवार गाउँ छाड्ने नै योजनामा छौँ ।”
कोटगाउँमा अहिले छिमेकी पालिका ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे नेपानेबाट खानेपानी तानिएको छ । हिउँदको समयमा भने पानीको चरम सङ्कट हुने गरेको छ । समग्र डुम्रेधारापानी खानेपानीको समस्याग्रस्त ठाउँ हो । जसका लागि दुधकोशीको पानी लिफ्टिङ योजना पनि सञ्चालन भइरहेको छ । बहुवर्षे उक्त योजनालाई प्रदेश सरकारले नियमित बजेट नहाल्दा काम पूरा हुन नसकेको डुम्रेधारा पानीका वडाध्यक्ष ज्ञानबहादुर पाण्डे बताउनुहुन्छ ।
योजनाको काम अहिले पनि धमाधम भइरहेको छ । उक्त योजना सम्पन्न भएर खानेपानीको सुविधा हुँदा बसाइँसराइ रोकिने वडाध्यक्ष पाण्डेको विश्वास छ । कोटगाउँमा आतङ्क मच्चाइरहेको बदेल नियन्त्रणमा प्रदेश र सङ्घीय सरकारले चासो राखिदिनु पर्ने उहाँको भनाइ छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments